ब्राजिल- एभर्टनले वाटफोर्डका फरवार्ड ब्राजिलियन रिचर्लिसनलाई अनुबन्ध गरेको छ। उनलाई एभर्टनले ५० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो।
२१ बर्षीय रिचर्लिसनलाई क्लबले ३५ मिलियन पाउण्ड दिने बताएको छ। उनी एभर्टनमा पाँच बर्षका लागि अनुबन्ध भएका हुन। एभर्टनमा आउनु भन्दा पहिला उनी फ्लुमिनेन्सबाट २०१७ मा ११ मिलियन पाउण्डमा वाटफोर्ड भित्रिएका थिए।
गत सिजनको प्रिमियर लिगाका ३८ खेल खेल्दा उनले ५ गोल गरे। उनले सिरी-ए लिग पनि दुई बर्ष खेलि सकेका छन्। सिरी-ए का दुई सिजन खेलेका उनले ४२ खेलमा ९ गोल गरि सकेका छन्।
‘म एभर्टनसँग धेरै सफलता चाहन्छु’ रिचर्लिसनले भने, ‘मलाई लाग्छकी यो मेरो लागि मार्को सिल्भासँग फेरि महत्वपुर्ण यात्रा हुनेछ। किनकी म सिकारु पिरियडमा छु। अझै धेरै आफुलाएई विकाश गर्दै जाने छु ।’
उनले थपे, ‘म उनको साथ आफुलाई विकसित गरिरहेको बेला वार्टफोर्डमा थिए। उनी सँग रहदा मलाई असाधै राम्रो लाग्छ । मलाई विश्वास छ उनले एक दिन मलाई ब्राजिलियन राष्ट्रिय टिममा छनोट हुन सहयोग गर्ने छन्।’
सिल्भाले भने, ‘रिचर्लिसन एम राम्रो खेलाडी हो। जसले हाम्रो टोली र हाम्रो प्रतिस्पर्धालाई अझ मजबुद बनाउने छ र हाम्रा खेलाडीबीचको प्रतिस्पर्धा मेरा लागि महत्वपुर्ण हुने छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४