मंगलबार, असार २३, २०८३

ओलम्पिक फुटबल : जापानलाई हराउँदै मेक्सिकोले जित्यो कास्य

खेलको पहिलो हाफमा २–० गोलले अघि रहेको मेक्सिकोले दोस्रो हाफमा एक गोल थपेको थियो। यता जापनका ताकेफुसा कुबोले गरेको एसिस्टमा कओरु मिटोमाले ७८ औं मिनेटमागोल गरेका थिए।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

काठमाडौं– ओलम्पिक फुटबल २०२० मा पुरुष फुटबलतर्फ शुक्रबार सम्पन्न खेलमा आयोजक जापानलाई हराउँदै मेक्सिकोले कास्य पदक जितेको छ।

सेमिफाइनलमा हार बेहोरेपछि कास्य पदकका लागि भएको खेलमा मेक्सिकोले जापानलाई ३–१ गोलले हराएको हो।

मेक्सिकोका लागि जोहान भाज्क्वेज, एलेक्सिज वेगा र सेवास्टियन कोर्डोवाले गोल गरेका थिए।

खेलको पहिलो हाफमा २–० गोलले अघि रहेको मेक्सिकोले दोस्रो हाफमा एक गोल थपेको थियो। यता जापनका ताकेफुसा कुबोले गरेको एसिस्टमा कओरु मिटोमाले ७८ औं मिनेटमागोल गरेका थिए।

सेमिफाइनल खेलमा स्पेनसँग हार व्यहोरेको थियो भने मेक्सिकोले पेनाल्टी सुटआउटमा ब्राजिलसँग हार बेहोरेको थियो।

महिलातर्फको फाइनल खेल शुक्रबार हुँदैछ भने पुरुषतर्फको फाइनल खेल शनिबार हुनेछ।

प्रकाशित: Aug 06, 2021| 19:16 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।