काठमाडौं– ओलम्पिक फुटबल २०२० मा पुरुष फुटबलतर्फ शुक्रबार सम्पन्न खेलमा आयोजक जापानलाई हराउँदै मेक्सिकोले कास्य पदक जितेको छ।
सेमिफाइनलमा हार बेहोरेपछि कास्य पदकका लागि भएको खेलमा मेक्सिकोले जापानलाई ३–१ गोलले हराएको हो।
मेक्सिकोका लागि जोहान भाज्क्वेज, एलेक्सिज वेगा र सेवास्टियन कोर्डोवाले गोल गरेका थिए।
खेलको पहिलो हाफमा २–० गोलले अघि रहेको मेक्सिकोले दोस्रो हाफमा एक गोल थपेको थियो। यता जापनका ताकेफुसा कुबोले गरेको एसिस्टमा कओरु मिटोमाले ७८ औं मिनेटमागोल गरेका थिए।
सेमिफाइनल खेलमा स्पेनसँग हार व्यहोरेको थियो भने मेक्सिकोले पेनाल्टी सुटआउटमा ब्राजिलसँग हार बेहोरेको थियो।
महिलातर्फको फाइनल खेल शुक्रबार हुँदैछ भने पुरुषतर्फको फाइनल खेल शनिबार हुनेछ।