बुधबार, असार ३१, २०८३

सिजनको पहिलो एल क्लासिको अक्टोबरमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
स्पेन- स्पेनिस ला लिगामा सबैभन्दा चर्चित मानिने क्याटलान क्लब बार्सिलोना र स्पेनिस जाइन्ट रियल म्याड्रिडबीचको सिजनको पहिलो एल क्लासिको अक्टोबरमा हुने भएको छ। 

स्पेनिस फुटबल संघले मंगलबार सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ। बार्सिलोना र रियलबीचको यस सिजनको पहिलो एल क्लासिको खेल तालिका अनुसार आउदो अक्टोबर २८ मा हुने भएको हो। 

पहिलो एल क्लासिको बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा हुनेछ। दोस्रो एल क्लासिको अर्को वर्षको मार्च ३ मा रियलको घरेलु मेदानमा हुनेछ। 

यस सिजनको एल क्लासिकोमा रोनाल्डो उपलब्ध हुनेछैनन्। उनी दुई साता अघि मात्रै इटालियन क्लब युभेन्टस्मा १ सय मिलियन पाउन्डमा चार वर्षका लागि अनुबन्ध भएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।