बुधबार, असार ३१, २०८३

  रोमा जाने भनिएका माल्कोमलाई बार्साको ‘हाइज्याक’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
स्पन- स्पेनिस च्याम्पियन बार्सिलोनाले फ्रान्सेली क्लब बोर्डोअक्सबाट माल्कोम भित्र्याएको छ। २१ वर्षे विङर माल्कोम सोमबार रोमाका लागि प्रस्थान गर्ने भनिए पनि बार्सिलोनाले उनी माथि चासो देखाएपछि उनको सरुवा रोकिएको थियो। 

बीबीसीका अनुसार बार्सिलोनाले माल्कोमका लागि ४१ मिलियन युरो खर्चेको छ। सोमबार मात्र रोमाले माल्कोमलाई ३८ मिलियन युरोमा भित्र्याउने पक्का भए पनि अन्तिम समयमा बार्सिलोनाले उनलाई ‘हाइज्याक’ गरेको हो। 

माल्कोम मङगलबार मेडिकलका लागि रोम प्रस्थान गर्ने भनिएको थियो। विमानस्थलमा रोमाका समर्थकहरु उनलाई स्वागत गर्न पनि बसेका थिए। तर, अब उनी बार्सिलोनासंग ५ वर्षका लागि आबद्ध भएका छन्। माल्कोमसंगै बार्सिलोना चेल्सीको विलियनको पनि सम्झौता पक्का गर्ने तर्खरमा रहेको छ। 

माल्कोमले गत सिजन बोर्डोबाट १२ गोल र ८ असिस्ट गरेका हुन्। उनलाई आर्सनल, टोटनह्याम र बायर्न म्युनिखले पनि पछ्याई रहेको थिए।
 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।