मंगलबार, भदौ २, २०८३

वामदेवले भने– संसद् विघटन गर्ने भए त्यसअघि संविधान संशोधन गरौं

राष्ट्रियसभाका सदस्य वामदेव गौतमले संविधान संशोधन गरेर मात्रै संसद् विघटन गर्न सुझाव दिएका छन्।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

काठमाडौं– राष्ट्रियसभाका सदस्य वामदेव गौतमले संविधान संशोधन गरेर मात्रै संसद् विघटन गर्न सुझाव दिएका छन्। त्यसका लागि राष्ट्रिय राजनीतिक सहमतिको आवश्यकता रहेको उनको भनाइ छ।

‘ताजा जनादेशका लागि प्रतिनिधिसभा भंग गरी निर्वाचनमा जानुभन्दा अर्को सही विकल्प पनि छैन भन्ने हो भने सबैभन्दा पहिले राष्ट्रिय राजनीतिक सहमतिमा नेपालको संविधान संशोधन गरेर प्रतिनिधिसभा भंग गरी निर्वाचनमा जाने संवैधानिक बाटो तय गर्नुपर्छ,’ आइतबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्।

यही अवस्थामा संसद् भंग गर्ने हो भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चालेको त्यसबेलाको कदम सही थियो भनेर स्वीकार्नुपर्ने उनको भनाइ छ। ‘यो असंवैधानिक भए पनि राजनीतिक इमान्दारीताको कदम हुनेछ। त्यसो गर्न गठबन्धनका नेताहरुको स्वाभिमानले दिँदैन र असंवैधानिक पनि हुन्छ,’ उनले भनेका छन्। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरोध गरेपछि सत्ता गठबन्धनमा ‘अर्ली इलेक्सन’को बहस सुरु भएको छ। आजमात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् विघटन गरेर चुनावमा जानुपर्ने देखिएको बताएका छन्।


प्रकाशित: Mar 06, 2022| 16:36 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...