मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कर्मचारी समायोजनको असन्तुष्टि सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन

कर्मचारी समायोजनको असन्तुष्टि सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐन समयानुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
 |  शनिबार, फागुन २१, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २१, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐन समयानुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। 

शनिबार नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले सङ्घीय निजामती सेवा ऐन अगाडि बढाउन र कर्मचारी समायोजनका क्रममा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्। 

‘निजामती सेवा समायोजनमा देखिएको असन्तुष्टिलाई यथाशीघ्र सम्बोधन गरिन्छ, जनतालाई मुस्कानसहितको सेवा प्रदान गर्न कर्मचारी लाग्नुपर्छ’, उनले भने।

राजनीतिका आधारमा निजामती कर्मचारीलाई भेदभाव नगरी राष्ट्रहितका लागि उनीहरुलाई लगाउनुपर्ने उनले बताए। उनले प्रभावकारी ढङ्गले काम गर्न कर्मचारीलाई आग्रहसमेत गरे। 

प्रधानमन्त्री देउवाले ट्रेड युनियनको अधिकार संविधानले स्पष्ट व्याख्या गरेको बताउँदै ट्रेड युनियनलाई व्यवस्थित र परिमार्जन गर्दै लान सरकारको पूर्ण समर्थन रहने उल्लेख गरे। 

निजामती कर्मचारीले सरकारको नीति र योजनालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्दै लैजानुपर्ने उनले बताए। 

सरकारलाई सफल बनाउने जिम्मा भनेको निजामती कर्मचारी भएको बताउँदै प्रधानमन्त्री देउवाले भने, ‘लोकतान्त्रिक मुलुकमा निजामती सेवाको महत्त्वपूर्ण भूमिका रहेको छ, निजामती कर्मचारी कानुनप्रति इमान्दार, बफादार, अब्बल र अनुशासित हुनुपर्छ।’

प्रकाशित: Mar 05, 2022| 22:00 शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...