मंगलबार, भदौ २, २०८३

सप्तरीमा मतपत्र च्यातिएपछि स्थगित भयो कांग्रेस अधिवेशन

नेपाली कांग्रेस सप्तरीको जिल्ला अधिवेशन स्थगित भएको छ। सप्तरीको रूपनी गाउँपालिका ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विहान ११ बजदेखि मतदान सुरु भएको थियो।
 |  शनिबार, फागुन २१, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २१, २०७८

सप्तरी- नेपाली कांग्रेस सप्तरीको जिल्ला अधिवेशन स्थगित भएको छ। सप्तरीको रूपनी गाउँपालिका ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विहान ११ बजदेखि मतदान सुरु भएको थियो।

सहज रूपमा ५० प्रतिशत मतदान भइसकेपछि विवाद सुरु भएको थियो। मतपत्र च्यातेर दुवै पक्षबीच बिवाद भएपछि साँझ ५ बजे मतदान प्रक्रिया रोकिएको निर्वाचन अधिकृत रुद्र शर्माले जानकारी दिए। 

उनले भने, 'नेतृत्वमा दाबी गरिरहेका दुबै पक्षबीच विवाद सिर्जना भएपछि मतपत्र नै च्याताच्या भएको थियो। मतपत्र नै च्यातिएपछि मतदान रोकिएको हो।'

चुनावमा मतदान गर्ने कुल दुई  ५१० मतदाता रहेको छन्।

प्रकाशित: Mar 05, 2022| 20:05 शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...