मंगलबार, भदौ २, २०८३

मुलुकको भविष्यका लागि एमालेले चुनाव जित्‍नुपर्छ : गोकर्ण विष्ट

नेकपा एमालेका सचिव गोकर्ण विष्टले देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले जित्न जरुरी रहेको बताएका छन्।
 |  शनिबार, फागुन २१, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २१, २०७८

काठमाडौं- नेकपा एमालेका सचिव गोकर्ण विष्टले देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले जित्न जरुरी रहेको बताएका छन्। 

सचिव विष्टले सत्तारुढ गठबन्धनसँग चुनावको सामना गर्न आफ्नो पार्टी तयार रहेको पनि बताए। देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले विजयीलाई सुनिश्चित गर्ने उनले दावी गरे। 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चुनाव हार्ने भएपछि सत्तारुढ दलहरु एमालेसँग एक्लै भिडन डराएको बताए। 

सचिव विष्टले भने, ‘देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा एमालेले जित्‍नैपर्ने हुन्छ। गठबन्धनका रुपमा एमालेविरुद्ध चुनाव लडन आए भने पनि नेकपा एमाले सामना गर्न तयार छ। नेकपा एमाले आफ्नो विजयलाई कायमै राख्न चाहन्छ। मुलुकको भाग्य र भविष्यको निम्ति पनि यो निर्वाचन एमालेले जित्‍न जरुरी छ।’

सचिव विष्टले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउने काममा केन्द्रित हुनु पनि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने बताए। 


प्रकाशित: Mar 05, 2022| 19:10 शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...