मंगलबार, भदौ २, २०८३

राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदले लिए शपथ

सिहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित समारोहमा अध्यक्ष तिमिल्सिना सक्षम उनीहरुले शपथ लिएका हुन्।
 |  शनिबार, फागुन २१, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २१, २०७८

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्।

सिहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित समारोहमा अध्यक्ष तिमिल्सिना सक्षम उनीहरुले शपथ लिएका हुन्।

शपथ लिने नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त र भुवनबहादुर सुनार छन्।

नवनिर्वाचित सदस्य सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह (गरिमा), जगतबहादुर पार्की र नारायणदत्त मिश्रले पनि शपथ लिए।

नवनिर्वाचित सदस्यले सभा तथा संसदीय समितिमा भाग लिनुअघि सङ्घीय कानुन अनुरुप शपथ लिनुपर्ने सवैधानिक व्यवस्था छ। शपथ लिन केही सदस्य आफनो जातीय वेषभूषासहितको पहिरनमा आएको देखिन्थ्यो। लगत्तै अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई संघीय ससद्को प्रतिक चिह्न प्रदान गरेका छन्।

सचिवालयका महासचिव डा. भरतराज गौतमले उनीहरुलाई सचिवालयको तर्फबाट सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका छन्। 

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडू, राष्ट्रियसभाका विभिन्न राजनीतिक दलका नेता, मुख्य सचेतक र सचेतक उपस्थित थिए। संसद् सचिवालयले उनीहरुलाई संसद् र संसदीय अभ्यासबारे आजै संक्षिप्त जानकारी दिने कार्यक्रमसमेत राखेको छ। राष्ट्रियसभा सदस्य १९ पदका लागि गत माघ १२ गते निर्वाचन भएको थियो। उनीहरुको कार्यकाल छ वर्षको हुनेछ।

प्रकाशित: Mar 05, 2022| 14:02 शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...