मंगलबार, भदौ २, २०८३

मंसिरअघि नै आम निर्वाचन हुन्छ : गगन थापा

नेपाल निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशन उद्घाटन समारोह सम्बोधनका क्रममा उनले नेकपा एमालेले संसदमा जारी राखेको अवरोध नहटे आगामी मंसिर अगावै संघीय निर्वाचन हुन सक्ने बताएका हुन्।
 |  शनिबार, फागुन २१, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २१, २०७८

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आम निर्वाचन मंसिरअघि नै हुनसक्ने बताएका छन्।नेपाल निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशन उद्घाटन समारोह सम्बोधनका क्रममा उनले नेकपा एमालेले संसदमा जारी राखेको अवरोध नहटे आगामी मंसिर अगावै संघीय निर्वाचन हुन सक्ने बताएका हुन्। 

‘आम चुनाव मंसिरमा हुन्छ वा त्योभन्दा पहिला हुन्छ मलाई थाहा छैन। संसद यसैगरी चल्दैन। यसै गरी चल्न नदिने अवस्था रहन्छ। संसदलाई उपहास गर्ने काम लगातार नेकपा एमालेले गरिरह्यो,’ थापाले भने, ‘हामी संवाद गरिरहेका छौँ। फकाउने कोसिस गरिरहेका छौँ। आउनुस् भनिरहेका छौँ। कुनै पनि तरिकाले सकिएन भने त्यो बेलामा संसद किन चलाइ राख्ने भन्ने प्रसंग उठ्न सक्छ। त्यो बेलामा चुनाव अगाडि हुन पनि सक्छ।’   

उनले स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै गराइने थापाको भनाइ छ। ‘स्थानीय निर्वाचनको बारेमा कहिलेकाहीँ कसैले व्यक्तिगत रुपमा केही भनेको पढेको सुन्छु। तर संविधान लेखेर आएको सदस्यमध्ये एक हुँ। यो संविधानले, नियमले, ऐनले, कानुनले हामीलाई निर्वाचन एकदिन पनि तलमाथि गर्ने छुट दिएको छैन। वैशाख ३० गते कांग्रेसले निर्वाचन गराउँछ। 

र त्यसपछि हामी आम चुनाव गराउँछौँ’, उनले भने। उनले १४औँ महाधिवेशन पनि आफूहरु पार्टीलाई विधिसम्म ढंगले चलाउन र गुटबन्दी अन्यका लागि प्रयासरत रहेको पनि बताए। ‘हामी पार्टीलाई शतप्रतिशत विधिसम्मत ढंगले चलाउने प्रयास गरिरहेका छौं। पार्टीभित्र शतप्रतिशत एकता निर्माणको प्रयास गरिरहेका छौँ,’ थापाले भने, ‘पार्टीलाई विधिले डोर्‍याउनुपर्छ भनेर हामी एक ठाउँमा उभिएका छौँ। सभापतिको हातलाई बलियो बनाउनुपर्छ।’

प्रकाशित: Mar 05, 2022| 13:44 शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...