बुधबार, असार ३१, २०८३

कान्टेलाई पीएसजीमा अनुबन्ध गर्न बाप्पेले गरे आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पेरिस– रुस विश्वकप २०१८ बाट युवा स्टारको छबि बनाएका फ्रान्स तथा पीएसजीका स्ट्राइकर केलियन बाप्पेले आफ्नो राष्ट्रिय टिमका सहकर्मी एनगोलो कान्टेलाई अनुबन्ध गर्न पीएसजीलाई आग्रह गरेका छन् । २७ वर्षीय मिडफिल्डर कान्टे हाल चेल्सीबाट प्रिमियर लिग खेल्दै छन् । कान्टेलाई भित्र्याउने बाप्पेको सल्लाहप्रति पीएसजी सकारात्मक रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

विश्वकपको उपाधि दौडमा मिडफिल्डर कान्टेले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको बाप्पेले बताएका छन् । फ्रान्सिस क्लबले यस सिजनको ट्रान्सफर वुइन्डोजमा कान्टेलाई विशेष लक्षित गरेको बताइएको छ ।

कान्टेले विश्वकप विजयपछि आफ्नो अविश्वसनीय वृद्धिको रूपमा लिएका छन् । उनले दुई वटा प्रिमियर लिग टाइटल पनि जितिसकेका छन् । एक सिजन मात्र लेस्टर सिटीमा रहेका उनले पहिलो टाइटल जितेका थिए भने दोस्रो टाइटल चेल्सीमा रहँदा । चेल्सीका उनले प्रिमियर लिगका दुई सिजन खेलेका छन् । दुई सिजनका ६९ खेलमा उनले २ गोलसमेत गरेका छन् ।

पीएसजीले कान्टेलाई एक सय मिलियन पाउन्डमा भित्र्याउनसक्ने बताइएको छ । चेल्सीले भने उनको स्थानमा लियन्सका टांग्यु डोम्बेलेलाई हेरेका छन् । पछिल्लो सिजन टांग्युले लायन्सबाट लिग–१ का ३२ खेल खेलेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।