मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • स्थानीय तहमा तालमेल गर्ने कि नगर्ने भन्‍ने निर्णय केन्द्रले गर्दैन : गगन थापा

स्थानीय तहमा तालमेल गर्ने कि नगर्ने भन्‍ने निर्णय केन्द्रले गर्दैन : गगन थापा

नेपाली कांग्रेस मादी गाँउपालिका कास्कीले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै महामन्त्री थापाले आसन्‍न स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्‍ने जिम्मा सम्बन्धित कमिटीलाई दिइने बताएका हुन्।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्‍ने जिम्मा सम्बन्धित स्थानीय तहको कमिटीलाई नै दिइने बताएका छन्। नेपाली कांग्रेस मादी गाँउपालिका कास्कीले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै महामन्त्री थापाले आसन्‍न स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्‍ने जिम्मा सम्बन्धित कमिटीलाई दिइने बताएका हुन्। 

उनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने कि नगर्ने भन्‍ने विषय पनि स्थानीय कमिटीकै भएको उल्लेख गर्दै कांग्रेसले केन्द्रबाट तालमेलको निर्णय नगर्ने बताए। उनले उम्मेदवार को बन्‍ने भन्‍ने विषयमा चिन्ता नगरी कांग्रेसलाई पहिलो पार्टी बनाउन लाग्‍न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिए। उनले भने, ‘यहाँको टुंगो तपाईंहरु यहाँ बसेर गर्नुहुन्छ। महानगरको टुंगो पनि तपाईंहरुले चाहेको जस्तो गरेर पठाउनु। तालमेल गर्ने कि नगर्ने हामी माथिबाट निर्णय गर्दैनौँ, तपाईहरु निर्णय गर्ने हो। तपाईंहरुको जिम्मा हो। तपाईहरु गर्नुस्। यो पटक सर्मपणको भ्यालु कहाँ क्रिएट गर्नुपर्‍यो भने चुनावको नतिजामा क्रिएट गर्नुपर्‍यो। यो पटक पोखराको नगरपालिकामा कांग्रेसको चार तारे झण्डा गाड्ने हो, गाड्ने हो भन्ने संकल्प राख्ने हो भने को उम्मेदवार बन्‍ने भन्ने कुरा गौण हुन्छ।’

महामन्त्री थापाले नेपालमा कम्युनिष्टहरुले उत्तेजनाको राजनीति गर्ने गरेको आरोप लगाए। एमसीसी प्रकरणमा मागेर देश चल्छ भनेर आवाज उठाउनेहरुको परिवार नै अमेरिकामा रहेको तथा विदेशमा उपचार गर्ने गरेको उनले बताए। आफु विदेशमा उपचार गर्ने अनि नेपाल फर्केर मुट्ठी कसेर मागेर अस्पताल बनाउने? भन्ने प्रश्न गर्ने गरेको उनले टिप्पणी गरे। 

उनले भने, ‘माग्‍ने भन्छ, मागेर देश चल्छ भन्छ। तिम्रो छोराछोरी खोई भन्यो भनेदेखि छोराछोरी अमेरिकामा छ। अनि उपचार गर्न तपाई र मैले उपचार गर्नुपर्‍यो भने बा'को जग्गा जमिन बेच्‍नुपर्ने। राज्यको ढिकुटीबाट पैसा लिन्छ, नेपाल पत्याउँदैन। कि सिंगापुरको अस्पतालमा गएर उपचार गर्छ, कि भारतको मेदान्त जान्छ।'

उनले एमसीसी सम्झौतामा कम्युनिष्टहरूले दोहोरो भूमिका खेलेर जनतालाई उत्तेजित बनाएको उल्लेख गर्दै कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सबैलाई मिलाउन सफल बनेको बताए। महामन्त्री थापाले संसद् अवरोध जारी रहेमा के गर्ने भन्नेबारेमा छलफल भइरहेको बताए। उनले स्थानीय चुनाव वैशाख ३० मै हुने भन्दै संसदको अवरोध कायमै रहे मंसिरअघि नै संसदीय चुनाव हुनसक्ने बताए। 

प्रकाशित: Mar 04, 2022| 20:10 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...