मंगलबार, मंसिर १९, २०८०
  • गृहपृष्ठ
  • राजनीति
  • पल प्रकरण : पीडितको गोपनीयता हनन गर्ने १६ युट्युब च्यानललाई कारबाही सिफारिस

पल प्रकरण : पीडितको गोपनीयता हनन गर्ने १६ युट्युब च्यानललाई कारबाही सिफारिस

उनले अभिनेता र गायिकाका विषयमा विभिन्न सञ्चारमाध्यम एवम् सामाजिक सञ्जाल र युट्यूबबाट सम्प्रेषण भएका सामग्रीहरूप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएकोसमेत बताए। ‍
 |  शुक्रबार, फागुन २०, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

काठमाडौं- नाबालिगमाथि बलात्कार गरी हिरासतमा रहेका पल साहबाट पीडितको गोपनीयता कायम नगरेको भन्दै प्रेस काउन्सिल नेपालले १६ युट्युब च्यानलमाथि कारबाही गर्न सिफारिस गरेको छ। काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले विभिन्न सामग्री उत्पादन गरी गोपनीयता हनन गरेको भन्दै ती च्यानलमाथि कारबाही गर्न नेपाल प्रहरी, साइबर ब्युरोमा सिफारिस गरिएको जानकारी दिएका हुन्। 

sagarmatha cement

'कुनै मिडियाअन्तर्गत आवद्ध नभएका १६ युट्युब च्यानलमाथि अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी, साइबर ब्युरोमा सिफारिस गरिएको छ,' अध्यक्ष बस्नेतले भने। उनका अनुसार पत्रकारको आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराइएको, दर्ता र सूचीकरण नभएका १० वेब पोर्टलहरूलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएकोसमेत उनले बताए। 

उनले अभिनेता र गायिकाका विषयमा विभिन्न सञ्चारमाध्यम एवम् सामाजिक सञ्जाल र युट्यूबबाट सम्प्रेषण भएका सामग्रीहरूप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएकोसमेत बताए। ‍

अध्यक्ष बस्नेतले अनुगमनका क्रममा विभिन्न सञ्चार माध्यम, वेबपोर्टल र सामाजिक सञ्जाल (खासगरी युट्युब) समेतबाट वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरी नाम, तस्बिर, भिडियो सामग्री सम्प्रेषण गर्ने, न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रियामा प्रभाव पर्ने किसिमबाट आरोपी र जाहेरीवालाको पक्ष–विपक्षमा सामग्री सम्प्रेषण भइरहेका तथ्यहरू फेला परेको बताए। विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरूको पक्ष/विपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा पत्रकार आचारसंहिताको ठाडो उल्लङ्घन भएको पनि उनले बताए। 

‘हामीले अनलाइनतर्फ सामाजिक सञ्जाल खासगरी युट्यूबमा प्रशारित सामग्रीको विषयमा केही महिनादेखि गम्भीररुपमा अनुगमन गरिरहेका छौँ। कतिपयलाई सचेत पनि गर्दै आइरहेका छौँ। पछिल्लो समयमा चर्चित कलाकारहरुको नाम जोडेर तस्बिर राखेर, भिडियो राखेर जुन खालका सामग्रीहरु प्रशारण भए ती सामग्री गैरकानूनि छन्,' अध्यक्ष बस्नेतले भने, 'हामीले पत्रकार आचारसंहीता र नियम कानून विपरित सम्प्रेषण गर्नेहरुलाई यसअघि नै सचेत गराएका थियौँ। तर आज बन्द, बन्द गर्न सिफारिस पनि गरेका छौँ। सचेत पनि गराएका छौँ र त्यस्ता युट्यूब च्यानलहरुलाई कानूनअनुसार कारबाही गर्न सम्बन्धित निकायलाई पत्राचार गरेका पनि छौँ।’

अध्यक्ष बस्नेतले अनलाइन टिभी, सामाजिक सञ्जाल (विशेषगरी युट्युब च्यानल) हरूमा सम्प्रेषित सामग्रीबारे प्रेस काउन्सिल नेपालमा उजुरी र गुनासाहरू बढिरहेका सन्दर्भमा यसको नियमन र व्यवस्थापनका निमित्त सुझाव दिनका लागि एक कार्यदल गठन भई कार्य भइरहेको पनि बताए। 

प्रकाशित: Mar 04, 2022| 18:26 शुक्रबार, फागुन २०, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्