मंगलबार, भदौ २, २०८३

नेविसंघ तदर्थ समितिको नेतृत्व महिलालाई दिन माग

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेतृहरूले संघको तदर्थ समितिको नेतृत्व छात्रालाई दिन माग गरेका छन्।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेतृहरूले संघको तदर्थ समितिको नेतृत्व छात्रालाई दिन माग गरेका छन्। यस्तो माग गर्दै नेविसंघका नेतृहरूले कांग्रेसका नेताहरुलाई ज्ञापनपत्र बुझाउन थालेका छन् ।

उनीरूले शुक्रबार पार्टीका पदाधिकारीहरूलाई ज्ञापनपत्र बुझाएका छन्। पार्टी महासमिति सदस्यसमेत रहेकी पूर्व केन्द्रीय सदस्य प्रेमिका रानाले नेविसंघको केन्द्रीय कार्यसमितिमा छात्रा नेतृत्व ल्याउन भन्दै ज्ञापनपत्र बुझाएको बताइन्।

‘ऐतिहासिक विरासत बोकेको पार्टी नेपाली समाजलाई रूपान्तरण गर्न सभापतिज्यूको नेतृत्वमा समावेशी कांग्रेस र समावेशी देश बनाउने एतिहासिक कार्य सम्पन्न भएको कुरा गौरवमय रूपले नेपाली इतिहासमा दर्ज भएको कसैबाट लुकेको छैन। हामी नेपाल विद्यार्थी संघका छात्राहरू पनि सभापतिको समावेशी कांग्रेस निर्माण गर्ने अभियान सफल पार्न नेविसंघ केन्द्रीय अध्यक्षको जिम्मेवारी बहन गर्न सक्षम छौँ र सो जिम्मेवारी प्रदान गरिदिन हुन अनुरोध गर्दछौँ,’ ज्ञापनपत्रमा भनिएको छ।


प्रकाशित: Mar 04, 2022| 17:55 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...