मंगलबार, भदौ २, २०८३

कांग्रेस बाँकेमा नेतृत्वका लागि पुनः मतदान

तीन जना उम्मेदवारमध्ये कसैले पनि कूल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आज पुनः दोस्रो चरणको मतदान भएको निर्वाचन अधिकृत उदयमणि आचार्यले जानकारी दिए।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

बाँके- नेपाली कांग्रेस बाँकेमा नयाँ नेतृत्वका लागि आज पुनःमतदान भएको छ। बिहीबार सम्पन्न भएको मतदानमा सभापति पदका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा भएको थियो।

तीन जना उम्मेदवारमध्ये कसैले पनि कूल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आज पुनः दोस्रो चरणको मतदान भएको निर्वाचन अधिकृत उदयमणि आचार्यले जानकारी दिए। 

उनका अनुसार सभापति पदका लागि बिहान १० बजेदेखि मतदान सुरु भएको छ। कांग्रेसको १४औँ जिल्ला अधिवेशनमा कूल एक हजार ४९३ मतदाता छन्। बिहीबार सम्पन्न भएको मतदानअन्तर्गत उपसभापति, सचिव, सहसचिव, कार्यसमिति सदस्य र महासमिति सदस्य पदको मतपेटिकालाई जिल्ला समन्वय समितिमै प्रहरीको सुरक्षामा राखिएको छ।

प्रकाशित: Mar 04, 2022| 15:45 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...