मंगलबार, वैशाख १५, २०८३

इन्डोनेसियामा आपराधिक समूहद्वारा आठ जनाको हत्या

पपुपाका पृथकतावादीहरुले उनीहरुको हत्या गरेको सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

National life
kumari

जकार्ता- इन्डोनेसियामा आपराधिक समूहको आक्रमणमा परी कम्तीमा आठ आमनागरिकको मृत्यु भएको छ। पपुपाका पृथकतावादीहरुले उनीहरुको हत्या गरेको सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।

मारिएकाहरु प्रविधि सम्बन्धी कम्पनीमा काम गर्ने कामदार हुन्। सो कम्पनीको टावरलाई समेत असर पार्नेगरी उनीहरुले आक्रमण गरेको जनाइएको छ। सरकारी अधिकारीहरुले खराब मौसमका कारण उनीहरुलाई उद्धार गर्न नसकिएको जानकारी दिएका छन्। 

हवाइ यातायातको साधन प्रयोग गरेर मात्रै घटनास्थलमा पुग्न सकिने भएकाले सरकारी अधिकारीहरु पुग्न कठिन भएको बताइएको छ। ‘हामीले हाम्रो टोलीलाई त्यता पठाउनका लागि तयारी गरिरहेका छौँ, अनुकुल हुनासाथ हाम्रो टोली घटनास्थलमा पुगेर विस्तृत विवरण लिएर आउने छ र उनीहरुलाई पनि उद्धार गर्नेछ,’ एक अधिकारीले भने। आफूहरुले घटनाका बारेमा थप अध्ययन अनुसन्धान पनि गर्ने उनीहरुको भनाई छ।  सिन्ह्वा

प्रकाशित: Mar 04, 2022| 15:00 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।