शनिबार, फागुन २३, २०८२

युक्रेनमाथिको हमला योजनाअनुसार नै : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बताएका छन्।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

National life
Laxmi sunrise bank
kumari

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बताएका छन्। उनले भनेका छन्, ‘युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ।’

रसियाको सुरक्षा परिषद् बैठकमा उनले यस्तो बताएका हुन्। उनले भने, ‘हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ। रुसले युक्रेनमाथि गरेको हमलामा रुसी सेनाले साहसपूर्वक काम गरेको छ।’

रुसको सीमा क्षेत्रमा पश्चिमाहरुबाट खतरा देखिएको तथा रुसलाई पनि आणविक खतरा देखाइएको भन्दै यसका कारण रुसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको उनले प्रस्ट्याए। रुसले गत हप्तादेखि नै युक्रेनमा हमला जारी राखेको छ। 

प्रकाशित: Mar 04, 2022| 12:25 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।