बिहीबार, चैत १२, २०८२

फिफा बर्षको सर्वश्रेष्ठ प्रशिक्षक मनोनयन सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- फिफा बर्षको सर्वश्रेष्ठ प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ।  फिफा बर्षको सर्वश्रेष्ठ प्रशिक्षकमा म्यान्चेस्टर सिटीका पेप गार्डिओला, रियल मड्रिडका जिनेदिने जिदान र इंग्लयानडमा ग्यारेथ साउथगेट  फिफा बर्षको सर्वश्रेष्ठ प्रशिक्षमा मनोनित भएका छन्। अवार्ड आउदो २४ सेप्टेम्वरमा लन्डनमा एक कार्यक्रममा प्रदान गरिने छ। जहाँ उत्कृष्ट एक विजेता प्रशिक्षक घोषणा गरिने छ।

साउथगेटले इंग्लयान्डलाई विश्वकप २०१८ मा चौंथो स्थान दिलाउन महत्व पुर्ण भुमिका खेलेका थिए। त्यस्तै गार्डिओलाले म्यान्चेस्टर सिटीले प्रिमियर लिगमा रेकर्ड बनाउन सफल भएको थियो। उनको प्रशिक्षणमा रहेको सिटीले प्रिमियर लिगको उपाधिका साथै इएफएल कपको उपाधि जितेको थियो। त्यस्तै रियलका प्रशिक्षक जिदानले च्याम्पियनस् लिग उपाधि दिलाएका थिए। फाइनल खेलमा रियलले लिभरपुललाई पराजित गर्दै उपाधि जितेको थियो।

क्रोएसियाका ज्लाटक डालिक पनि मनोनितमा परेका छन्। उनले क्रोएसियालाई विश्वकप २०१८ मा फाइनल सम्म पुर्‍याएका थिए। सेमिफाइनलमा इंग्लयान्डलाई पराजित गर्दै क्रोएसिया फाइनल पुगेको थियो। फ्रान्सका डिडिएर डेसच्याम्प पनि मनोनितमा परेका छन्। डेसच्याम्पले फ्रान्सलाई विश्वकप २०१८ को उपाधि दिलाउन सफल भएका थिए । विश्वकप फाईनलमा क्रोएसियालाई ४-२ ले पराजिलत गर्दै फ्रान्सले विश्वकप उपाधि दोस्रो पटक जितेको थियो।

त्यस्तै रुसका स्टेनिस्लाभ चेर्चेसोभ पनि मनोनित भएका छन्। उनको प्रशिक्षणमा रहेको रुसले पनि विश्वकपमा अपत्यारिलो प्रदर्शन गरेको थियो । रुस विश्वकपमा क्वाटरफाइनलबाट बाहिरिएको थियो । बेल्जियमका रोबर्टो मार्टिनेज पनि फिफा बर्षको सर्वश्रेष्ठ प्रशिक्षकमा मनोनित भएका छन् । उनले बेल्जियमलाई विश्वकपमा तेस्रो स्थान सम्म पुर्‍याएका थिए।

बाँकी अन्ये प्रशिक्षक क्लब स्थरका रहेका छन् । सिरी–ए को उपाधि दिलाएका युभेन्ट्सका मासिमिलियनो अल्लेग्री, लिभरपुललाई च्याम्पियन लिगको फाइनल पुर्‍याउने लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपर र युरोपा लिग जिताएका एथलेटिको मड्रिडका डिएगो सिमोन रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।