मंगलबार, माघ ६, २०८२

तेक्वान्दोका भीम र बसन्तीलाई वर्ष उत्कृष्ट खेलाडी अवार्ड

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) ले पुरुषमा भीमबहादुर तामाङ र महिलामा बसन्ती बुढा मगरलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरेको छ।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) ले पुरुषमा भीमबहादुर तामाङ र महिलामा बसन्ती बुढा मगरलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरेको छ। नेपाल आर्मीका भीम र बागलुङकी बसन्तीले रोल्पा राष्ट्रिय भर्चुअल पुम्से प्रतियोगिताको दुई फरक संस्करणमा स्वर्ण जितेका थिए।

National life

एनआईटीएफको २४औं वार्षिकोत्सवका अवसरमा काठमाडौंको साङलास्थित साइनो स्पोर्ट्स सेन्टरमा आयोजित कार्यक्रममा उनीहरुलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरिएको हो। सोही अवसरमा नेपालगन्जका वीरेन्द्रबहादुर शाही उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित भए। तीनै जनाले प्रशंसा पत्रसहित जनही १५ हजार नगद पुरस्कार प्राप्त गरे।

काठमाडौंका मनोज खड्का आउट स्टेन्डिङ प्रशिक्षक, रोल्पा उत्कृष्ट संघ र झापाका नवीन तामाङ उदीयमान प्रशिक्षकको अवार्डबाट सम्मानित भए। उनीहरुलाई प्रशंसापत्र प्रदान गरियो। विगत ३० वर्षदेखि हालसम्म आईटीएफ तेक्वानदोमा सक्रिय नेपालगन्जकी ५४ वर्षीया फात्तिमा बानुलाई पनि विशेष अवर्डाबाट सम्मान गरिएको थियो।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, राखेपका निमित्त सदस्य-सचिव एकेन्द्र कुँवर, बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी र एनआईटीएफका अध्यक्ष अन्जन धमलाले पुरस्कृत गरे। त्यसअघि वार्षिकोत्सवको उपाध्यक्ष कोइरालाले उद्घाटन गरेका थिए।

एनआईटीएफले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। सोही क्रममा उक्त कार्यक्रम पनि आयोजना गरिएको हो। त्यसै अवसरमा सिनियर डान ग्रेडिङबाट ५ जना छैटौं डानमा पदोन्नति भएको जानकारी दिइयो। तेस्रो र चौथो डानका लागि ग्रेडिङ सञ्चालन भइरहेको संघले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 06, 2021| 17:40 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।