बिहीबार, असार ४, २०८३

पशुपतिमा शिवरात्रिको रौनक [फोटो फिचर]

आराध्यदेव भगवान् शिवको विशेष पूजा आराधना गरी महाशिवरात्रि पर्व मनाइँदैछ। महाशिवरात्रि बनाउन काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ।
 |  मंगलबार, फागुन १७, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, फागुन १७, २०७८

काठमाडौं- आराध्यदेव भगवान् शिवको विशेष पूजा आराधना गरी महाशिवरात्रि पर्व मनाइँदैछ। महाशिवरात्रि बनाउन काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ।

National life

पशुपतिनाथ मन्दिरमा शिवरात्रि ५० हजारभन्दा बढी भक्तजन आएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पशुपतिनाथमा विहानैदेखि भक्तजनको भीड छ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ।

यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताए। चार वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो। यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ। यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले पक्राउ गरी कारबाही गर्ने उनले बताए।


Shivam cement

 






प्रकाशित: Mar 01, 2022| 10:04 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।