बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साढे ४ करोड भ्रष्टाचारको आरोपमा पूर्वमन्त्री श्रेष्ठ अख्तियारको फन्दामा

साढे ४ करोड भ्रष्टाचारको आरोपमा पूर्वमन्त्री श्रेष्ठ अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका पूर्वसचिवसमेत रहेका पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गराएको छ।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका पूर्वसचिवसमेत रहेका पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गराएको छ। आयोगका अधिकृत वीरेन्द्र शाही नेतृत्वको टोलीले श्रेष्ठमाथि अध्ययन प्रतिवेदन तयार पारेर विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। उनले करिब साढे ४ करोड भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको छ। 

National life

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आयोगले लामो समयसम्मको अध्ययन र छलफलपछि श्रेष्ठविरुद्ध प्रमाण मुद्दा दायर गरेको हो। ‘श्रेष्ठविरुद्ध अख्तियारले पर्याप्त प्रमाण संकलन गरेर नै विशेष अदालतमा आरोप पत्र दायर गरेको हो, अब कानूनी प्रक्रियामा गइसक्यो,' प्रवक्ता भण्डारीले भने। 

आरोपपत्रमा अख्तियारले स्रोत नखुलेको रु ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ बिगो कायम गरेको छ। उनको बैंक खातामा देखिएको रु ६८ लाख ५० हजार ९ सय ५३ रुपैयाँ रोक्का राख्न र अपुग रकम असुल उपर गर्नुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ। 

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार अख्तियारले दायर गरेको आरोप पत्रमा श्रेष्ठसँगै उनकी श्रीमती सरस्वती श्रेष्ठ र छोरा सरोज श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ। ‘आइतबार दायर भएको पत्रमा श्रीमती र छोरा पनि प्रतिवादी उल्लेख भई उहाँहरुको नाममा रहेको घरजग्गा र बैंक खाता रोक्का राखी जफत गर्न माग गरिएको छ, हामीले हिजो नै १५ दिनको म्याद जारी गरिसकेका छौँ,’ उनले भने। 

कसरी गरे भ्रष्टाचार ? 

Shivam cement

२०२६ चैत्र १८ गतेदेखि २०७२ पुष ८ गतेसम्म उनले सार्वजनिक सेवा गरेका थिए। अनिवार्य अवकाशपछिको बीचमा केही समय उनी सार्वजनिक सेवामा रहेका थिएनन्। 

अख्तियारले तयार पारेको अध्ययन प्रतिवेदन अनुसार यो बीचमा उनले कानुनसम्मत रुपमा ६ करोड ९० लाख १६ हजार ६ सय २७ रुपैयाँ आम्दानी गरेको देखिन्छ। तर उनको सम्पत्ति कानुनी आम्दानीभन्दा बढी देखिएको छ।

उनले यो अवधिमा ११ करोड ३५ लाख ४४ हजार २ सय ९४ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको देखिन्छ। श्रेष्ठले श्रीमती र छोराको नाममा समेत विभिन्न ठाउँमा घरजग्गा जोडेको आयोगको भनाइ छ। सरकारी सेवामा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनले क्रसर उद्योगमा लगानी गरेका थिए। 

को हुन् श्रेष्ठ? 

शिक्षकबाट सरकारी सेवामा प्रवेश गरेका रामकुमार श्रेष्ठ दुई पटक मन्त्री बन्न सफल भएका थिए। ०२६ साल चैत्र १८ गतेदेखि स्थायी शिक्षक बनेर सरकारी सेवामा प्रवेश गरेका उनी करिब १० वर्षसम्म शिक्षण पेशामै रमाए। 

श्रेष्ठ ०३६ साल कार्तिक २६ गते शाखा अधिकृतबाट  निजामति सेवामा प्रवेश गरेका थिए। बढुवा हुँदै सचिव (विशिष्ट श्रेणी)सम्म बनेका उनले करिब २७ वर्ष निजामती सेवामा काम गरे। ०६४ साल माघ ८ देखि भने अनिवार्य अवकाश पाएका थिए। 

अवकाश पछि राजनीतिमा प्रवेश गरेका उनी ०६९ चैत्र ६ गतेदेखि ०७० माघ २९ गतेसम्म उनी पर्यटन तथा नागरिक उड्ययन मन्त्री बने। खिलराज रेग्मीको चुनावी सरकारमा पनि उनी शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुदमन्त्री बनेका थिए। 

प्रकाशित: Feb 28, 2022| 18:24 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।