आइतबार, कात्तिक ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शिवरात्रिका दिन यस्तो हुनेछ पशुपति आसपासको सवारी व्यवस्थापन

शिवरात्रिका दिन यस्तो हुनेछ पशुपति आसपासको सवारी व्यवस्थापन

शिवरात्रिको दिन मंगलबार काठमाडौंको पशुपति क्षेत्रमा हुने भीड व्यवस्थापनका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा सवारीसाधन चलाउन निषेध गरेको छ।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८

काठमाडौं– शिवरात्रिको दिन मंगलबार काठमाडौंको पशुपति क्षेत्रमा हुने भीड व्यवस्थापनका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा सवारीसाधन चलाउन निषेध गरेको छ। ट्राफिक प्रहरी महाशाखाका अनुसार शिवरात्रिमा हुने भीड व्यवस्थापनका लागि पशुपति आसपासमा सवारीसाधन जान रोक लगाइएको छ।

पशुपति क्षेत्र विकास कोषले १० लाख दर्शनार्थीले मंगलबार पशुपति दर्शन गर्ने सम्भावना रहेको बताएकाले त्यसको व्यवस्थापनका लागि ती क्षेत्रमा सवारी चलाउन रोकलगाउनु परेको महाशाखाको भनाइ छ।

पुरानो बानेश्वरदेखि चाबहिल, तिलगंगादेखि कालोपुलसम्मको क्षेत्रबाट सवारी प्रवेशमा कडाइ गरिने ट्राफिक प्रहरीले जनाएको छ।

महाशाखाका अनुसार शिवरात्रिको दिनमा ट्राफिक व्यवस्थापनका लागि सिनामंगलदेखि गौशाला हुँदै चाबहिलसम्मको चक्रपथ क्षेत्र प्रभावित हुनेछ। सो क्षेत्रभित्र सवारी व्यवस्थापनको लागि सवारीसाधन प्रवेश निषेध गरिएको छ।

पुरानो बानेश्वर, भीमसेन गोला, सिनामंगल हुँदै तिलगंगासम्मको बाटोबाट सवारी प्रवेश निषेध गरेको छ। त्यस्तै धोवीखोलातर्फ रातोपुल, कालोपुल, सिफल लगायतका क्षेत्रबाट पनि पशुपतितर्फ जाने सवारीसाधनलाई प्रतिबन्ध लगाइएको छ। चाबहिल, गौरीघाट लगायत क्षेत्रबाट पनि सवारीलाई पशुपति क्षेत्रभित्र प्रवेश नदिइने ट्राफिक प्रहरीले जनाएको छ।

सिफल चौर, गुह्येश्वरीपारि, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, अमालकोट, तिलगंगा करिडोर र सुरक्षा निकायका सवारीको लागि महानगरीय प्रहरी वृत्त गौशालामा राख्ने व्यवस्था मिलाइएको छ।



प्रकाशित: Feb 28, 2022| 14:53 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।