सोमबार, मंसिर २२, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • संसद् भवनअघि भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय [तस्बिरहरू]

संसद् भवनअघि भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय [तस्बिरहरू]

संसद्‍ भवन नयाँ बानेश्वरअघिको मूल सडकमा फेला परेको शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलिले निष्क्रिय पारेको छ।
 |  सोमबार, फागुन १६, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, फागुन १६, २०७८

काठमाडौं- संसद्‍ भवन नयाँ बानेश्वरअघिको मूल सडकमा फेला परेको शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलिले निष्क्रिय पारेको छ।

National life

संसद् भवन नजिकै शंकास्पद कुकर भेटिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित घेराभित्र राखेका थिए। सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो। एमसीसी अनुमोदन भएसँगै त्रास फैलाउनका लागि बम भन्दै उक्त कुकर राखिएको प्रहरीले जनाएको छ।

एमसीसी अनुमोदनको विरोधमा आज ८ राजनीतिक दल र संगठनले नेपाल बन्दको आह्वान गरेका छन्। 

आज विप्लव नेतृत्वको नेकपा, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा लगायतले एमसीसीको विरोधमा नेपाल बन्दको आह्वान गरेका छन्।


Laxmi sunrise bank
kumari

 





प्रकाशित: Feb 28, 2022| 13:02 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।