आइतबार, साउन ३१, २०८३

लगातार दोस्रो उपाधिको दाउमा एपीएफ

ललितपुर मेयर महिला टी २० क्रिकेट च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ। प्रतियोगिताको फाइनल खेलमा विभागिए टिम एपीएफले सुदूरपश्चिम प्रदेशको सामना गर्ने भएको छ।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८

काठमाडौं- ललितपुर मेयर महिला टी २० क्रिकेट च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ। प्रतियोगिताको फाइनल खेलमा विभागिए टिम एपीएफले सुदूरपश्चिम प्रदेशको सामना गर्ने भएको छ।

पहिलो संस्करणको समेत विजेता रहेको एपीएफ आज जित निकाल्दै दोस्रो संस्करणको उपाधि पनि आफ्नो हातमा लिन चाहन्छ। कीर्तिपुरको क्रिकेट मैदानमा जारी प्रतियोगितामा एपीएफ अहिलेसम्म अपराजित रहेको छ।

एपीएफले पछिल्लो खेलमा लुम्बिनीलाई १० विकेटले हराएको थियो भने ललितपुर मेयर ११ लाई ४२ बल बाँकी रहँदै सात विकेटले हराएको थियो। त्यस्तै, सुदूरपश्चिमलाई पनि एपीएले सहजै हराइसकेको छ।

उसले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिमलाई छ विकेटले हराएको थियो। त्यस्तै, फाइनल पुग्न नसकेको अर्को बलियो प्रदेश १ लाई एपीएफले सात विकेटले हराएको थियो।

यसरी हेर्दा एपीएफल बलियो देखिए पनि आजको खेलमा एपीएफलाई हराउँदै सुदूरपश्चिम पहिलो पटक उपाधि जित्न चाहन्छ।

प्रकाशित: Feb 28, 2022| 12:05 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।