मंगलबार, भदौ २, २०८३

आज दिउँसो ३ बजे खुमलटारमा प्रचण्डको पत्रकार सम्मेलन

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार पत्रकार सम्मेलन गर्ने भएका छन्।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार पत्रकार सम्मेलन गर्ने भएका छन्। एमसीसीबारेको व्याख्यात्मक घोषणा स्वीकार गर्ने निर्णयपछि पार्टीभित्र असन्तुष्टि बढेसँग प्रचण्डले पत्रकारसम्मेलन गर्न लागेका हुन्।

एमसीसी अनुमोदन भएसँगै प्रचण्डलाई पार्टीभित्रै समीकरण मिलाउन अप्ठ्यारो परेको छ। त्यसैले एमसीसीका विषयमा प्रस्ट पार्न प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन्।

प्रचण्डको सचिवालयका अनुसार सोमबार दिउँसो ३ बजे खुमलटारस्थित निवासमा पत्रकार सम्मेलन गरिने छ।

प्रकाशित: Feb 28, 2022| 11:44 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...