शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद भवन अगाडि 'नो एमसीसी' लेखिएको शंकास्पद वस्तु फेला

संसद भवन अगाडि 'नो एमसीसी' लेखिएको शंकास्पद वस्तु फेला

बानेश्वरस्थित संसद भवनअगाडि शंकास्पद वस्तु भेटिएको छ। संसद भवनको मूल गेट अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८

 काठमाडौं- बानेश्वरस्थित संसद भवनअगाडि शंकास्पद वस्तु भेटिएको छ। संसद भवनको मूल गेट अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो। 

एमसीसी अनुमोदनको विरोधमा आज ८ राजनीतिक दल र संगठनले नेपाल बन्दको आह्वान गरेका छन्। शंकास्पद वस्तु भेटिएसँगै त्यस क्षेत्रको सुरक्षा व्यवस्था बढाइएको छ।

आज विप्लव नेतृत्वको नेकपा, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा लगायतले एमसीसीको विरोधमा नेपाल बन्दको आह्वान गरेका छन्।

प्रकाशित: Feb 28, 2022| 11:17 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।