बुधबार, असार १०, २०८३

यसरी रुपान्तरित हुँदैछ चन्द्रागिरि 'स्मार्ट सिटीमा'

व्यक्तिगत घरधुरी सर्वेक्षणमा पारिवारिक, शैक्षिक, स्वास्थ्य, जनसाङ्ख्यिक, रोजगारीलगायतका प्रश्न नगरवासीलाई सोधिने छन्। यसमा विद्यालय, मठ मन्दिर, सार्वजानिक, निकाय तथा जमिनको समेत विस्तृत विवरण सङ्कलन गरिने छ।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८

काठमाडौं- तपाईं चन्द्रागिरि नगरवासी हुनुहुन्छ? हुनुहुन्छ, भने अब तपाईँ स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनु पर्दैन। यतिमात्र होइन, तपाईँले स्थानीय सरकारलाई बुझाउनुपर्ने सेवा शुल्क, कर र राजस्व अनलाइनमार्फत तिर्न सक्नुहुनेछ। साथै आफूलाई आवश्यक पर्ने विभिन्न सिफारिस लिन घरैबाट आवेदन दिन सक्नुहुनेछ।

National life

यसका लागि नगरपालिकाले अहिले धमाधम जिपिएस/जिआइएस प्रणालीमार्फत 'नगर प्रोफाइल' तयार पार्ने काम तीव्र बनाएको छ। यो काम सम्पन्न भइसकेपछि नगरवासीले 'अनलाइन' सेवा उपयोग गर्न पाउने जनाइएको छ। नगरप्रमुख घनश्याम गिरीले भने, 'जिपिएस/जिआइएस प्रणालीमार्फत नगर प्रोफाइल तयार पार्ने काम अन्तिम चरणमा पुगिसकेको छ। प्रोफाइलले चन्द्रागिरिलाई 'स्मार्ट सिटी' बनाउन सहयोग मिल्नेछ। नगरवासीले घरमा बसेर सबै सेवा पाउने छन्। स्थानीय सरकारले पनि कुन स्थानमा कस्तो विकास आवश्यक पर्छ भन्ने जानकारी पाउने छन्।'

यसरी बन्दैछ नगर 'प्रोफाइल' 

नगरपालिकाले आफ्नो नगर क्षेत्रको भौगोलिक सूचना लिन ड्रोनको सहायता लिएको छ। १८ दिन लगाएर वडा नं १ देखि १५ सम्मका सबै क्षेत्रमा 'ड्रोनसर्वे', 'स्याटेलाइट म्यापिङ'को काम गरी लगभग नगरका ३५ हजार घरको ट्रयाकिङ भइसकेको छ। ड्रोनबाट लिइएका तस्बिरलाई 'डिजिटाइज' गर्ने काम धमाधम भइरहेको छ। ती डिजिटाइज तस्बिरलाई अस्थायी नम्बर दिने काम लगभग सम्पन्न भइसकेको जनाइएको छ। 

अब हरेक घरमा गणक तथा प्राविधिक टिम परिचालन हुनेछन्। गणकले घरधनी र अन्यसँग व्यक्तिगत विवरण तथा प्राविधिक टोलीले निजी घर, विद्यालय, धार्मिकस्थल, सार्वजनिकस्थल तथा जमिनका प्राविधिक पक्षका सूचना सङ्कलन गर्नेछन्। नगरपालिकाका सूचना प्रविधि अधिकृत सञ्जीव ज्ञवालीले भने,'नगरका प्रत्येक घरमा गणक तथा प्राविधिक टोली खटिँदै छन्।

Shivam cement

ट्याबमार्फत सूचना सङ्कलन हुनेछन्। यस्तो सूचना नगरपालिकाको नेटवर्किङसँग जोडिने छ। गणकका कामका अनुगमन ट्रयाकिङबाटै गर्न सकिनेछ।' उनका अनुसार ७५ गणकले नगरपालिकाले तयार पारेका व्यक्तिगत ५३ र संस्थागत २१ प्रश्नावली भर्नेछन्। एक महिनाभित्र गणकले काम सकाइसक्नुपर्नेछ।

व्यक्तिगत घरधुरी सर्वेक्षणमा पारिवारिक, शैक्षिक, स्वास्थ्य, जनसाङ्ख्यिक, रोजगारीलगायतका प्रश्न नगरवासीलाई सोधिने छन्। यसमा विद्यालय, मठ मन्दिर, सार्वजानिक, निकाय तथा जमिनको समेत विस्तृत विवरण सङ्कलन गरिने छ। घर तथा बाटोघाटाका लोकेसन पनि व्यक्तिगत विवरणमा उल्लेख हुने छन्। 

नगरपालिकाले सबै निजी घर तथा सार्वजनिक भवनलाई 'अन्तर्राष्ट्रिय मेट्रिक प्रणाली' को सिद्धान्तअनुसार युनिक नम्बर प्रदान गर्नेछ। सोही घर नम्बरका आधारमा जिपिएस ट्र्याक गरिने योजना नगरपालिकाले बनाएको छ। टोल टोलमा डिजिटल बोर्ड रहने छन्।

'सम्भवतः आगामी स्थानीय तहको निर्वाचन अगाडि नै जिपिएस/जिआएस प्रणालीमार्फत 'नगर प्रोफाइल' तयार हुन्छ। यसले नगरको नीति निर्माण, योजना तर्जुमा, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, विपद व्यवस्थपनमा कोसेढुङ्गाको काम गर्नैछ। व्यवस्थित सहर बनाउन मद्दत मिल्ने छ। नगरपालिकाका सबै सेवा अनलाइमार्फत नै हुनेछ। नगरवासीले विना झन्झट सेवा सुविधा पाउने छन्। हामी 'स्मार्टसिटी' बनाउने काममा लागेका छौँ।'

यही ट्रयाकका आधारमा नगरपालिकाले आफ्नो हरेक सेवाका गतिविधि अगाडि बढाउने नीति लिने छ। अनलाइनमार्फत सेवा प्रवाह हुनेछ। यसले नगरपालिकाको सेवा प्रवाहमा समेत चुस्त बनाउने अपेक्षा लिइएको छ। 

अनलाइनमार्फत सेवा कसरी प्रवाह हुन्छ त? भन्ने जिज्ञासामा सूचना प्रविधि अधिकृत ज्ञवालीले भने,'नगरवासीका सबै वितरण डिजिटाइज हुनेछन्। हाम्रा सेवा पनि सोहीअनुरुपको बनाइने छ। यसपछि सेवाग्राहीले फाराम भरेर रिक्वोस्ट पठाउँछन्। यसलाई एसेप्ट गरिन्छ। यसैका आधारमा सेवा प्रवाह हुन्छ। कर भुक्तानी तथा सिफारिस अनलाइनमार्फत गर्ने तयारीमा छौँ।'

नगर प्रमुख गिरीले भने, 'सम्भवतः आगामी स्थानीय तहको निर्वाचन अगाडि नै जिपिएस/जिआएस प्रणालीमार्फत 'नगर प्रोफाइल' तयार हुन्छ। यसले नगरको नीति निर्माण, योजना तर्जुमा, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, विपद व्यवस्थपनमा कोसेढुङ्गाको काम गर्नैछ। व्यवस्थित सहर बनाउन मद्दत मिल्ने छ। नगरपालिकाका सबै सेवा अनलाइमार्फत नै हुनेछ। नगरवासीले विना झन्झट सेवा सुविधा पाउने छन्। हामी 'स्मार्टसिटी' बनाउने काममा लागेका छौँ।'

नगरलाई स्मार्ट सिटीमा रुपान्तरण गर्ने उनको चुनावी घोषणापत्रमा उल्लेख छ। यसबाट नगरपालिका र नगरवासी दुवैलाई फाइदा पुग्ने जनाइएको छ। नगरपालिकालाई आफूलाई आवश्यक पर्ने जनशक्तिको पहिचान भई तुरुन्त उपयोग गर्न मद्दत मिल्ने छ। विपद्का अवस्थामा खोज, उद्धार तथा राहतमा सहयोग पुग्ने जनाइएको छ। नगरका भौगोलिक, सामाजिक, आर्थिक, व्यक्तिगत तथा लगायत सबै विवरणका सूचना बैंकका प्रोफाइल हुने हुनाले कुन स्थानमा कस्तो विकास आवश्यक छ भन्ने नीति निर्माण गर्न प्रोफाइलले सहयोग पुग्ने नगरप्रमुख गिरीले जानकारी दिए।

स्वदेशी सीप र ज्ञान

'नगर प्रोफाइल' बनाउन नगरपालिकालाई स्वदेशी सूचनाविज्ञ संलग्न टिमले सहयोग गरिराखेका छ। सो टिममा डा केशवकुमार आचार्य, भरतप्रसाद वञ्जाडा र सन्तोष कुँवरलगायत ३० प्राविधिक सहभागी छन्। प्राविधिक कुँवरले भने, 'यसप्रकारको नगर प्रोफाइल नेपालमा पहिलोपटक बन्दैछ। यसमा नगरपालिकाका लागि आवश्यक सबै किसिमका सूचना, जानकारी तथा तथ्याङ्क सङ्कलन हुनेछ। नगरपालिकालाई भावि योजना बनाउन महत्वपूर्ण सहयोग पु-यााउँछ। नगरपालिकाको सेवा अनलाइनमा रुपान्तरण गर्न सहयोग मिल्नेछ।'

उनका अनुसार 'नगर प्रोफाइल' बनाउने काम अन्तिम चरणमा पुगिसकेको छ। गणकले ट्याबमार्फत भर्ने प्रश्नावलीको काम सकिएसँगै प्रारम्भिक जानकारी आउने छ।'नगरवासीका व्यक्तिगत विवरण र गोपनीयता सुरक्षित कायम राख्ने छौँ। नगरवासीका आफ्ना जानकारी मात्र हेर्न सक्ने प्रणालीको विकास गर्ने तयारीमा छौँ,' सूचना प्रविधि अधिकृत सञ्जीव ज्ञवालीले भनेयो। काठमाडौं जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङका तत्कालीन गाउँविकास समिति मिलाएर बनाइएको चन्द्रागिरि नगरपालिकाको पछिल्लो जनसङ्ख्या एक लाख ३६ हजार ९२८ छ।    रासस

प्रकाशित: Feb 28, 2022| 09:55 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।