बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा बन्दको प्रभाव : लामो दुरीका सवारी ठप्प

सुदूरपश्चिममा बन्दको प्रभाव : लामो दुरीका सवारी ठप्प

सुदूरपश्चिम प्रदेशमा ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले आह्वान गरेको नेपाल बन्दको प्रभाव देखिएको छ। सुदूरपश्चिममा यातायात, विद्यालय लगायत क्षेत्र प्रभावित हुन पुगेको छ।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेशमा ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले आह्वान गरेको नेपाल बन्दको प्रभाव देखिएको छ। सुदूरपश्चिममा यातायात, विद्यालय लगायत क्षेत्र प्रभावित हुन पुगेको छ।

National life

सोमबार बिहानैबाट अटो, मोटरसाइकलबाहेक लामो दुरीका सवारी साधन चल्न सकेका छैनन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बन्दका कारण लामो दुरीका सवारी प्रभावित बनेको बताए।

बन्दमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी, दुग्धजन्य पदार्थ, दमकललगायत अत्यावश्यक सेवा भने खुल्ला रहने बताइएको छ।

विप्लव नेतृत्वको नेकपा, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा लगायतले एमसीसीको विरोधमा आज नेपाल बन्दको आह्वान गरेका हुन्।

प्रकाशित: Feb 28, 2022| 09:40 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।