बुधबार, असार १०, २०८३

डोटीमा ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु

डोटीमा इँटा बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८
National life
Shivam cement

धनगढी- डोटीमा इँटा बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार बेलुकी जिल्लाको दीपायल सिलगढी नगरपालिका-५ स्थित भित्रि सडकखण्डमा से२त ९१०६ नम्बरको इँटा बोकेको ट्रयाक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको हो।

दुर्घटनामा ट्रयाक्टरमा सवार आदर्श गाउँपालिका-३ का अन्दाजी २१ वर्षीय केशव विकको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका विकलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा पठाइएको थियो। उनको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

त्यस्तै, दुर्घटनामा चालक कैलालीको गोदावरी नगरपालिका-८ का ३८ वर्षीय कृष्ण कामी र ट्रयाक्टरमा सवार दीपायल सिलगढी-५ कै १९ वर्षीय बालाजी कोली सामान्य घाइते भएका छन्।

प्रकाशित: Feb 28, 2022| 09:24 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।