बुधबार, असार १०, २०८३

कपडाको झोला बनाउन ४० महिलालाई तालिम

मेचीनगर नगरपालिका १२ र अर्जुनधारा नगरपालिका–११ मा २० जनाका दरले ४० महिलालाई व्यावसायिक बनाउने र बढ्दै गइरहेको प्लाष्टिकको झोलालाई निरुत्साहित गरी स्वच्छ वातावरण बनाउने लक्ष्यका साथ कार्यालयले १ महिने तालिम सञ्चालन गरेको थियो।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८

झापा- घरेलु तथा साना उद्योग कार्यालय झापाले प्लाष्टिकको झोलालाई विस्थापन गर्ने उद्देश्यले ४० महिलालाई कपडाको झोला उत्पादन गर्ने तालिम प्रदान गरेको छ। 

National life

मेचीनगर नगरपालिका १२ र अर्जुनधारा नगरपालिका–११ मा २० जनाका दरले ४० महिलालाई व्यावसायिक बनाउने र बढ्दै गइरहेको प्लाष्टिकको झोलालाई निरुत्साहित गरी स्वच्छ वातावरण बनाउने लक्ष्यका साथ कार्यालयले १ महिने तालिम सञ्चालन गरेको थियो। 

प्रदेश १ सरकारको ‘एक जिल्ला एक कार्यक्रम’ अन्तर्गत आएको १० लाख रुपैयाँको बजेटमा गत माघ १३ गतेदेखि यही फागुन १५ गतेसम्म कार्यक्रम सञ्चालन गरिएको सो कार्यालयका प्रमुख जयनारायण अधिकारीले जानकारी दिए।

उनले जिल्लामा प्लाष्टिकका झोलाले वातावरणमा प्रदूषण फैलाउने हुँदा यसको नियन्त्रण पनि हुने र युवालाई उद्यमी बनाउन मद्दत समेत पुग्ने हुँदा कपडाको झोला उत्पादनको निम्ति तालिम प्रदान गरिएको बताए। यसका लागि कार्यालयले दुवै स्थानमा १० वटाका दरले मशिन, टेबुल लगायत आवश्यक सामग्रीसमेत गरी करीब ३ लाख रुपैयाँको सामान खरिद गरिदिएको छ। उनले तालिम लिएका महिलालाई नै स्वरोजगार बनाउने उद्देश्यले समूह बनाई मशिन सहितका सामग्री समेत हस्तान्तरण गरिने बताए।

तालिमको समापन जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले तालिममा सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरेका थिए। कार्यक्रममा तालिमका प्रशिक्षक निर्मला भण्डारीले महिलाले उत्पादन गरेका झोला आफैंले खरिद गरेर बजारीकरणमा सहयोग पुर्‍याउने बताए।

Shivam cement

हालसम्म ६०० बढी महिलालाई उद्यमशील बनाउन तालिम प्रदान गर्दै आएकी उनले बजारमा कपडाको झोलाको अत्याधिक माग भइरहेको जानकारी दिए। कार्यक्रममा वडाध्यक्षद्वय भैरव खड्का र नगेन्द्र धिमालले उनीहरूले उत्पादन गरेका भोला खरिद गरी प्लाष्टिक झोला न्यूनीकरण आ–आफ्नै वडाबाट तत्काल शुरू गरिने जानकारी दिए। 

प्रकाशित: Feb 28, 2022| 09:05 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।