बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माइक्रो र मोटरसाइकल ठोक्किदा आगलागी, एकको मृत्यु, तीन घाइते

माइक्रो र मोटरसाइकल ठोक्किदा आगलागी, एकको मृत्यु, तीन घाइते

दाङमा माइक्रो र मोटरसाइकल ठोक्किदा आगलागी भई एक जनाको ज्यान गएको छ। दुर्घटनामा थप तीन जना घाइते छन्।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८

काठमाडौं- दाङमा माइक्रो र मोटरसाइकल ठोक्किदा आगलागी भई एक जनाको ज्यान गएको छ। दुर्घटनामा थप तीन जना घाइते छन्।

National life

तुलसीपुर-घोराही सडकखण्डमा माइक्रो र मोटरसाइकल ठोक्किदा तुलसीपुर उपमहानगरपालिका-१८ का २१ वर्षीय रेशम चौधरीको मृत्यु हो।

गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा: राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले  जनाएको छ। दुर्घटनामा तुलसीपुर १८ का मोटरसाइकल चालक २२ वर्षीय रमेश वली, माइक्रो चालक तुलसीपुर ७ पर्नीका करण परियार र उनका भाइ २४ वर्षका कमल परियार घाइते छन्। करण र रमेशलाई थप उपचारका लागि बाँके लगिएको छ।

घोराहीबाट तुलसीपुरतर्फ आइरहेको बा३ख ८६४३ नम्बरको यात्रुबहाक माइक्रो र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल आइतबार बेलुकी ९ बजेतिर तुलसीपुर १८ दुधरासमा एक आपसमा ठोक्किएका थिए।

दुर्घटनापछि मोटरसाइकलको ट्याङ्की फुटेर आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट माइक्रो र मोटरसाइकल जलेर नष्ट भएका छन्।

Shivam cement

प्रकाशित: Feb 28, 2022| 07:35 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।