मंगलबार, भदौ २, २०८३

स्थानीय चुनावका लागि ८० दलले दिए निवेदन

स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८

काठमाडौं- स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्। आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सकिने समय दिएको थियो।

आयोगका अनुसार दल दर्ताका लागि तोकिएको अवधिभित्र ८० दलले दर्ताका लागि निवेदन दिएका हुन्। आयोगबाट ११० दलले मान्यता पाएकामध्ये ८० दलले मात्रै स्थानीय चुनावमा भाग लिन दल दर्ता गरेका छन्।

संविधान र राजनीतिक दलसम्बन्धी ऐनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने व्यवस्था छ। दल दर्ताका लागि आएका निवेदन अध्ययन गरेर फागुन २३ भित्र आयोगले निर्णय गरी दर्ता भएका दलका नाम राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको छ।

२०७९ वैशाख ३० मा स्थानीय तह निर्वाचन हुँदैछ। सरकारले निर्वाचन मिति घोषणा गरेसँगै आयोगले तीव्र रूपमा काम अगाडि बढाइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

प्रकाशित: Feb 28, 2022| 06:37 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...