मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भीम रावललाई गगनको जवाफ - राष्ट्रघात भए मलाई थानकोट कटाएर नागरिकता खोसियोस्, तपाईं के गर्नुहुन्छ?

भीम रावललाई गगनको जवाफ - राष्ट्रघात भए मलाई थानकोट कटाएर नागरिकता खोसियोस्, तपाईं के गर्नुहुन्छ?

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसीले कुनै पनि राष्ट्रघात नहुने दाबी गरेका छन्। एमसीसीका विषयमा आइतबार राति प्रतिनिधि सभामा प्रस्तुत गरिएको ब्याख्यात्मक टिप्पणीका विषयमा भएको छलफलमा भाग लिँदै एमसीसीले कुनै राष्ट्रघात नगर्ने दाबी गरेका हुन्।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसीले कुनै पनि राष्ट्रघात नहुने दाबी गरेका छन्। एमसीसीका विषयमा आइतबार राति प्रतिनिधि सभामा प्रस्तुत गरिएको ब्याख्यात्मक टिप्पणीका विषयमा भएको छलफलमा भाग लिँदै एमसीसीले कुनै राष्ट्रघात नगर्ने दाबी गरेका हुन्। 

उनले भने, '१३  महिना मन्त्रिपरिषद्‌मा बस्‍नुभएका सबैले यो सम्झौता राष्ट्रघात भन्‍नु अघि सोच्नुपर्छ। २०१९ पछि पटक-पटक गोप्य सम्झौता भएको भनिएको छ। कोसँग भएको सम्झौता ? यो व्याख्यात्मक घोषणाले भने भन्दा बहिर कुनै पनि दायित्व नेपालले सम्हाल्नुपर्दैन। आइपीएस सम्झौतामा लेखिएको छैन। अमेरिकालाई सोध्दा पनि होइन भन्छ। भनेपछि भोली यसबारेमा कुनै आशंका भए।'

उनले नेकपा एमालेका नेता भीम रावलले उठाएको प्रश्‍नमा थप प्रतिप्रश्‍न गरेका छन्। उनले थपे, 'भीम रावल उपप्रम हुँदा एक अर्ब १३ करोड लिने मन्त्रिपरिषद्ले एमसीसी नेपाल स्थापना गर्न स्वीकार गर्छ । तर भीम रावलको पेट दुख्छ। अघि उहाँले बहस गर्न तयार हो? भनेर चुनौति दिनुभयो। म तयार छु, बहस गर्न अछाममा बहस गर्ने कि काठमाडौंमा, सडकमा गर्ने गरी संसद्मा भीम रावललाई चुनौति दिन्छु।'

उनले राष्ट्रवाद र देशभक्तीको फरक जनता र देशले थाहा पाउनुपर्नेसमेत बताएका छन्। उनले थपे, 'राष्ट्रघाती भनिएको छ, राष्ट्रघात भयो भने मलाई थानकोट कटाइयोस्, नागरिकता खोसियोस्, चार पाटा मुडियोस्। आज फैलाइएका भ्रम पाँच बर्षमा भएनन् भने के हुन्छ? म देश भक्त हो, मर्न तयार छु। राष्ट्रवाद र देशभक्तीको फरक जनता र देशले थाहा पाउनुपर्छ।'

प्रकाशित: Feb 27, 2022| 20:54 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...