मंगलबार, भदौ २, २०८३

हतार गरेर आजै एमसीसी पास नगरौँ : गिरिराजमणि पोखरेल

नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले एमसीसी राष्ट्रघाती भएको कुरा जनस्तरमा पुगिसकेको बताएका छन्।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले एमसीसी राष्ट्रघाती भएको कुरा जनस्तरमा पुगिसकेको बताएका छन्।  

उनले प्रतिनिधि सभाबाट व्याख्यात्मक घोषण पारित गर्न हतार गर्न नहुने कुरामा जोड दिँदै यसमा पर्याप्त छलफल गरिनुपर्ने बताए। 

‘एमसीसी एउटा कम्पनी हो, हामीले एकतर्फी घोषणा गर्नुहुँदैन,’ पोखरेलले भने, ‘एमसीसीले विद्युत मुद्दमाथि सिधा प्रहार गर्न खोजेको छ। विद्युत उर्जालाई उदारीकरणमा लैजाने बाटो खोल्छ। अहिलेसम्म हाम्रो विद्युत् प्राधिकरणले हित नै गरेका छ।’

उनले एमसीसीले संविधानमाथि धावा बोल्ने बताउँदै त्यसले अमेरिकी मूल्य मान्यता स्थापना गर्न खोजको बताए। बरु भ्रष्टाचार नियन्त्रण गरेर नेपालमै एमसीसीको रकम बराबार राजस्व उठाउन सकिनेमा उनले जोड दिए।

प्रकाशित: Feb 27, 2022| 20:47 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...