काठमाडौं- नेमकिपाका सांसद प्रेम सुवालले एमसीसी सैन्य मोर्चा भएकाले यो पूर्णत: राष्ट्रघाती रहेको बताएका छन्। उनले संसद्मा विपक्षीको नारामाझ जबरजस्ती एमसीसी अनुमोदन गर्न लागेको बताउँदै एमसीसीमा सामरिक स्वार्थ रहेको बताएका छन्।
‘अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्न हिच्किचाउँदिनँ,’ उनले भने, ‘मंगोलियाले दुईपटक एमसीसी लिएको हो। संसारभर अमेरिकाको दलालीको संसारमा विरोध भइरहेको छ। यस्तो अवस्थामा सदनबाट पास गरिनुहुँदैन।
उनले सबै शीर्ष पार्टीका सांसदलाई एमसीसी खारेज गर्न आग्रह गरे ।