काठमाडौं- राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमसीसीलाई मतदानका माध्यमबाट खारेज गरिनुपर्ने बताएकी छन्। व्याख्यात्मक घोषणा देखाउनका लागि मात्र गरिएको बताउँदै उनले यसलाई मतदान गरेर खारेज गरिनुपर्ने टिप्पणी गरेकी हुन्।
एमसीसीमाथिको व्याख्यात्मक टिप्पणीमाथि बहस गर्दै उनले एमसीसी आइपीएसको अंग भएको दाबीसमेत गरिन्। उनले दोधारे कुरामा कसैले फस्न नहुनेसमेत बताइन्।