बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ब्राजिलका माल्कोमलाई भित्र्याउने आर्सनल, टोटनह्याम र इभर्टनको सपना अधुरो

ब्राजिलका माल्कोमलाई भित्र्याउने आर्सनल, टोटनह्याम र इभर्टनको सपना अधुरो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी-ब्राजिलका फरवाड माल्कोमलाई भित्र्याउने प्रयासमा रहेका आर्सनल, टोटनह्याम र इभर्टनको सपना अधुरो हरेको छ । 

२१ बर्षीय माल्कोमलाई प्रिमियर लिगका लागि तीन वटै टोली भित्र्याउन लागि परेको बताइएको थियो । तर, उनलाई रोमाले ३४ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ । अब उनी रोमाबाट सिरी-ए खेल्ने छन् ।
 
यस अघि माल्कोमलाई भित्र्याउन आर्सनल, टोटनह्याम र इभर्टन बोर्डेक्ससाथ पुगेको बताइएको छ । आर्सनल र उत्तर लन्डनको प्रतिद्धन्द्धीहरु तयारी भएपनि बोर्डेक्ससँग सम्झौता नगरेका कारण उनी रोमा पुगेका हुन् ।
 
जनवरी ट्रान्फर वुइन्डोजमा उनी प्रिमियर लिग पक्षका लागि निकैनै धेरै पछि प्रतिभाको खोजिको रुपमा देखिन्थो । उनीहरु सम्झौता गर्न तयार रहेको बताइएको छ । तर, माल्कोम रोमा पुगेका छन् ।

रोमाले उनलाई केहि बोनस सँगै सझौता गरेको छ । तर, त्यो पाउन केहि मापदण्ड पुरा गनुपर्ने आवश्यक रहेको बताएको छ । 

हालै मात्र रोमाले आफ्नो गोलकिपर एलिसनलाई ६५ मिलियन पाउण्डको कीर्तिमानी मुल्यमा लिभरफुलमा बेचेको थियो । उनको प्रस्थानपछि रोमाले अर्को ब्राजिलियन भित्र्याएको छ । माल्कोमलाई रोमाले ५ बर्षका लागि अनुबन्ध गरेको हो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।