मंगलबार, भदौ २, २०८३

नेपाल नयाँ शीत युद्धतर्फ जाँदै : राम कार्की

नेकपा माओवादी केन्द्रका अध्यक्ष राम कार्कीले नेपाल नयाँ शीत युद्धतर्फ गइरहेको बताएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा सरकारले प्रस्तुत गरेको १२ बुँदे ब्याख्यात्मक टिप्पणीमा आफ्नो विचार गर्दै अमेरिकाले मान्यता दिन्छ कि दिँदैन भनेर प्रश्‍न गरेका छन्।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष राम कार्कीले नेपाल नयाँ शीत युद्धतर्फ गइरहेको बताएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा सरकारले प्रस्तुत गरेको १२ बुँदे ब्याख्यात्मक टिप्पणीमा आफ्नो विचार गर्दै अमेरिकाले मान्यता दिन्छ कि दिँदैन भनेर प्रश्‍न गरेका छन्। 

उनले भनेका छ, 'अमेरिकाले नेपालको मित्रतालाई मान्यता दिन्छ भने व्याख्यात्मक घोषणालाई मान्नुपर्छ। नेपाल नयाँ शीत युद्ध तर्फ गइरहेको छ। अहिले पहिलेको जस्तो शित युद्ध छैन।'

उनले नेपाललाई शान्ति क्षेत्र घोषणाको प्रस्ताव ल्याउनुपर्नेमसते बताएका छन्। उनले भनेका छन्, 'नेपाल अप्ठ्यारो ठाउँमा छ। नेपालाई परिमार्जित शान्ति क्षेत्रको प्रस्ताव राख्नुपर्छ। नेपाल सुरक्षित रहनका लागि पनि यो जरुरी छ। भारत अमेरिकाको साझेदार बन्दैछ। चीन आफैं शक्तिशाली छ। नेपाल बफर जोनकारुपमा रहनुपर्छ। राष्ट्रियरुपमा विकास रणनीति तय गर्नुपर्छ। भोली आउने कुनै प्रस्तावका बारेमा यस्तो विभाजित हुन पर्दैन। एक माघले जाडो जाँदैन, एक माघले जाडो जाँदैन।'

प्रकाशित: Feb 27, 2022| 19:58 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...