काठमाडौं- एमसीसीको विषयमा सदनबाट व्याख्यात्मक घोषणासहित पास गर्ने सहमतिअनुसार सरकारले १२ बुँदे व्याख्या पेश गरेको छ। जसलाई मन्त्रिपरिषद्ले पारित गरेर सदमान पेश गरेको छ।
अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्दा संसदले नेपाल, अमेरिकाको कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने घोषणा गरिने भएको छ । एमसीसीकै कारण गठबन्धन भत्किने अवस्था आएपछि माओवादी केन्द्र र एकीकृत समाजवादी केन्द्र लचिलो भएका हुन्। दोस्रो तहका नेताहरुले तयार पारेको व्याख्यात्मक घोषणाको प्रस्तावमा शीर्ष नेताहरु पनि सहमत भएपछि आइतबार बसेको गठबन्धनको बैठकमा एमसीसी अनुमोदनको सहमति जुटेको छ।
अहिले संसदमा सैद्धान्तिक छलफल भइरहेको छ। त्यसपछि मन्त्रिपरिषद्ले व्याख्यात्मक घोषणासम्बन्धी प्रस्ताव पास गरेर संसदमा प्रस्तुत गरिएपछि सम्झौतालाई निर्णायर्थ पेश गर्दै अनुमोदन गरिने भएको छ।
व्याख्यात्मक घोषणाको पहिलो बुँदामा कम्प्याक्टको पक्ष भएको कारण नेपाल संयुक्त राज्य अमेरिकाको हिन्द प्रशान्त रणाीति (Indo-Pacific Strategy) लगायतको कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा आवद्ध भएको मानिने छैन भन्ने घोषणा गर्ने उल्लेख छ।