काठमाडौं- प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ। यो बैठकले एमसीसी पारित गर्ने वा नगर्ने विषयलाई टुंगो लगाउने बताइएको छ।
बैठकमा एमसीसीसम्बन्धी व्याख्यात्मक टिप्पणीसमेत पेस गर्ने कार्यसूची छ। यसअघि आजकै पहिलो बैठकले एमसीसीमाथि समान्य छलफल गरियोस् भन्ने प्रस्ताव पारित गरेको थियो।
एमसिसी पारित गर्न दलहरूले ११ बुँदे व्याख्यात्मक टिप्पणी बनाएका थिए। मस्यौदाका प्रतिलिपी नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका सांसदहरूलाई वितरणसमेत गरिएको थियो।
नेपाली र अंग्रेजी दुबै भाषामा लेखिएको व्याख्यात्मक टिप्पणीमा एमसिसी अमेरिकी सैन्य गठबन्धनको रणनीति नभएको, नेपालको संविधान र कानुनभन्दा माथि नरहेकोलगायत बुँदाहरू समेटिएका छन्।
व्याख्यात्मक टिप्पणीलाई समेत संसदमा पेस गर्ने भएपछि दलहरू एमसीसीलाई टुंगोमा पुर्याउन तयार भएका हुन्।