काठमाडौं– सत्ता गठबन्धनका तीन जना सांसद एमसीसीको विपक्षमा उभिएका छन्। नेकपा माओवादी केन्द्रका दुई जना सांसदले एमसीसीको विपक्षमा मत दिने घोषणा गरिसकेका छ्न्।
सांसद गिरिराजमणि पोखरेल र अञ्जना बिशंखेले एमसीसीको विपक्षमा मतदान गर्ने जनाएका हुन्। यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि एमसीसीको मतदान प्रकृयामा माग नलिने जनाएका छन्।
सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णय गरे पनि गठबन्धनकै केही नेता भने त्यसको विपक्षमा देखिएका छन्।