मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थमन्त्रीको आश्वासन- राष्ट्रिय स्वाधीनता र अखण्डमा सम्झौता हुँदैन

अर्थमन्त्रीको आश्वासन- राष्ट्रिय स्वाधीनता र अखण्डमा सम्झौता हुँदैन

अर्थमन्त्री जनार्दन शर्माले सरकार राष्ट्रिय स्वाधीनता र अखण्डताप्रति गम्भीर रहेको बताएका छन्।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले सरकार राष्ट्रिय स्वाधीनता र अखण्डताप्रति गम्भीर रहेको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा आइतबार एमसीसीको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले सरकार राष्ट्रियता र स्वाधीनतामा सधै सजग रहेको बताएका हुन्।

राष्ट्रियता र स्वाधीनता सबै नेपालीका लागि महत्वपूर्ण रहेको बताउँदै उनले त्यसमा सरकारले कुनै गलत सम्झौता नगर्ने बताएका छन्। ‘नेपाल कुनै पनि मुलुकको सैन्य रणनीतिको हिस्सेदार हुँदैन। एमसीसी विकास परियोजना हो र, सरकार त्यसलाई त्यही रुपमा प्रयोग गर्न क्रियाशील रहन्छ,’ उनले भने।

प्रकाशित: Feb 27, 2022| 18:58 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...