मंगलबार, भदौ २, २०८३

गगनको आग्रह– कम्तीमा संसद्‍मा त झुट नबोलौं

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले एमसीसीको जिम्मेवारीबाट कुनै पनि राजनीतिक दल भाग्न नमिल्ने बताएका छन्।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले एमसीसीको जिम्मेवारीबाट कुनै पनि राजनीतिक दल भाग्न नमिल्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसीबारेको छलफलमा भाग लिँदै थापाले भने, ‘संसद् हलमा भएका हामी सबै एमसीसीमा जिम्मेवार छौं।’

थापाले उदाहरण दिँदै भने, ‘गिरिजामणि पोखरेलले यहाँ उभिएर एमसीसी राष्ट्रघाती छ भन्नुभयो। तर उहाँ मन्त्री भएकै बेला हस्ताक्षर भएको छ एमसीसीको विषयमा । नेमकिपा बाहेक सबै पार्टी मन्त्रीमण्डलमा बसेका छन् र एमसीसीमा संलग्न छन्। अरुलाई राष्ट्रघाती भन्दै जाँदा आफैंलाई हेर्नुपर्छ, झुट नबोलौं।’ 

एमसीसीको विपक्षमा धारणा राखेका सत्तारुढ दलका सांसद र प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग थापाले थापाले धेरै झुट नबोल्न र हावा कुरा नगर्न पनि आग्रह गरे। भने, ‘‘धेरै झुट नबोलौँ। धेरै हावा कुरा नगरौँ। यस्तो पनि हुन्छ? यहाँको कुरा सुन्ने जनतालाई के लाग्छ?’

नागरिक स्तरबाट उठेका प्रश्नहरूको सम्बोधन सरकारले गर्नुपर्ने थापाले बताए।


प्रकाशित: Feb 27, 2022| 17:56 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...