मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • व्याख्यात्मक टिप्पणीको लगौँटीमार्फत साथीहरुले लाज छोप्नुभयो : भट्टराई

व्याख्यात्मक टिप्पणीको लगौँटीमार्फत साथीहरुले लाज छोप्नुभयो : भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी एउटा सामान्य अनुदानको विषय भएको बताउँर्दै त्यसलाई गिजोल्दै, कोट्याउँदै आफूहरुले नै क्यान्सर बनाएको टिप्पणी गरेका छन्।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी एउटा सामान्य अनुदानको विषय भएको बताउँर्दै त्यसलाई गिजोल्दै, कोट्याउँदै आफूहरुले नै क्यान्सर बनाएको टिप्पणी गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘एमसीसीलाई लिएर हामी आपसमा लड्दैछौं। एउटालाई राष्ट्वादी र राष्ट्घाती करार गरेर कहाँ पुगिन्छ? हामी बोल्न डराउने अवस्थामा पुगेका छौं। हाम्रा मित्रहरुले भर्खर व्याख्यात्मक टिप्प्णी नामको पातलो लगौँंटीमार्फत लाज छोपेर जनतामा जाने वातावरण बनाउनुभएको छ, खुसी लागेको छ। सुशील कोइराला बाहेकका ८ जना प्रधानमन्त्रीको पालामा यो सम्झौता अघि बढेको छ। जो पूर्वप्रधानमन्त्री अहिले उफ्रिनुभएको छ, उहाँको पालामा पनि यो सम्झौता अघि बढेको हो। हामी त्यतिबेला कानमा तेल हालेर बसेका थियौं। गल्ती थियो भने राजनीतिक संन्यास लिए हुन्छ। हिजो सम्झौता अघि बढाउने अनि अहिले विरोध गर्ने?’

आफूले भने गरेको कामको नैतिक दायित्व लिने पूर्वप्रधानमन्त्री भट्टराईले बताए। ‘हामी सबैले नैतिक दायित्व लिनुपर्छ, म पनि लिन्छु। मेरो पालामा अनुदानका रुपमा आएको थियो। त्यो बेला मैले यो ठिक हो चाहिन्छ भनेकै हो। सम्झौता अलि पछि भएको हो। २०१७ र २०१९ को सम्झौता पल्टाएर हेर्दा मलाई पनि कताकता घोच्छ। तमसुकको भाषाझैं घोच्ने खालका भाषा छन्,’ उनले भने।

प्रकाशित: Feb 27, 2022| 16:59 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...