बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'फ्याक्ट चेक' गर्ने पत्रकारलाई मुद्दा चलाउने प्रहरीको धम्कीप्रति महासंघको आपत्ति

'फ्याक्ट चेक' गर्ने पत्रकारलाई मुद्दा चलाउने प्रहरीको धम्कीप्रति महासंघको आपत्ति

अमेरिकी सहयोग सम्झौता (एमसीसी)लाई सरकारले संसदमा टेबल गरेपछि युट्युब र सामाजिक सञ्जालका फेक न्युजबारे श्रेष्ठले माइ संसारमा ब्लग लेखी श्रेष्ठले फ्याक्ट चेक गरेका थिए। पत्रकार श्रेष्ठलाई प्रहरीले नै धम्की दिएको र अनावश्यक सोधुपुछ गरेको विषयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं- एमसीसी आन्दोलनबारे सार्वजनिक भएका सामग्रीमाथि फ्याक्ट चेक गरी सत्यतथ्य विवरण पस्केका पत्रकार उमेश श्रेष्ठलाई प्रहरीले नै साइबर क्राइमको मुद्दा लगाउने धम्की दिएको छ। माई संसार डटकम (ब्लग)मा प्रकाशित सामग्रीको आशय नै नबुझी प्रहरीले श्रेष्ठलाई धम्की दिएको हो। 

National life

अमेरिकी सहयोग सम्झौता (एमसीसी)लाई सरकारले संसदमा टेबल गरेपछि युट्युब र सामाजिक सञ्जालका फेक न्युजबारे श्रेष्ठले माइ संसारमा ब्लग लेखी श्रेष्ठले फ्याक्ट चेक गरेका थिए। पत्रकार श्रेष्ठलाई प्रहरीले नै धम्की दिएको र अनावश्यक सोधुपुछ गरेको विषयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। 

'माइसंसार डटकम ब्लगमा प्रकाशित सामग्रीको आशय नै नबुझी प्रहरीले पत्रकार उमेश श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्राइमको मुद्दासमेत लगाउन सक्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ,' महासंघ महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

पत्रकार श्रेष्ठले एक ब्लगमा एमसीसीको बारेमा ‘'फेक न्युज’ बनाएर पत्रकारिताको बदनाम गर्नेहरू’ शीर्षकमा सामग्री प्रकाशन गरेका थिए। यही विषयमा साइबर ब्युरोको कार्यालयमा बोलाई ब्युरोका प्रहरी नायव उपरीक्षक प्रदीन ताम्राकारले पत्रकार श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्राइमको मुद्दा लगाउने धम्की दिएका थिए।

'प्रहरीलाई सहयोग पुग्ने आशयमा लेखिएको उक्त ब्लगको भित्री कुरो नबुझी ब्युरोका जिम्मेवार अधिकारीबाट पत्रकारलाई स्पष्टीकरणको मौकासमेत नदिई धम्कयाउने कार्य गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो,' महासंघको विज्ञप्तिमा भनिएको छ, 'महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न र आगामी दिनमा यस्ता विषयमा गम्भीर भई यस किसिमका घटना नदोहोर्‍याउन प्रहरी प्रशासनको ध्यानाकर्षण गराउँदछ।'

Shivam cement

पत्रकार तथा ब्लगर श्रेष्ठले  यसबारे लेखेको ब्लग पढ्न तलको लिंकमा क्लिक गर्नुहोस्।

फेक न्युज बारे ब्लग लेख्दा झण्डै साइबर ब्युरोको थुनामा परियो


प्रकाशित: Feb 27, 2022| 16:40 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।