मंगलबार, भदौ २, २०८३

एमसीसीका पक्षमा के भने महन्थले?

लोकतान्त्रिक समाजवादी पार्टीले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने भएका छ। १३ सांसद रहेको लोसपाले एमसीसीका पक्षमा मतदान गर्ने भएको अध्यक्ष महन्त ठाकुरले जानकारी गराएका हुन्।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने भएका छ। १३ सांसद रहेको लोसपाले एमसीसीका पक्षमा मतदान गर्ने भएको अध्यक्ष महन्त ठाकुरले जानकारी गराएका हुन्। 

उनले एमसीसीको अनुदान लिँदा देशको स्वतन्त्रतामा हानी नगर्ने बताएका थिए। 'हामीहरुको स्वतन्त्रतामाथि यसले कुनै हानी गर्दैन। अमेरिकाको जुन उद्देश्य त्यो सकारात्मक छ। त्यसकारण हामी यसको पक्षमा छौँ,' ठाकुरले भने।

एमसीसी सहयोग गरिबी निवारणका पक्षमा रहेको उनको भनाइ थियो। 'गरिबी निवारणक विषय छ। सर्वसाधारणको जीवनस्तर सुधार गर्ने लक्ष्य यसको छ। यो राम्रो उद्देश्य छ। खर्च गर्ने प्रक्रिया पनि निर्धारण गरिएको छ। विद्युत प्रसारण र सडक मर्मत सम्भारमा यो अनुदान आउने हो। नेपालले क्राइटेरिया पूरा गरेकाले यो अनुदान आएको हो। यो नेपालको अनुदान माग अनुसार आएको हो,' ठाकुरले भनेका थिए। 

प्रकाशित: Feb 27, 2022| 16:00 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...