मंगलबार, भदौ २, २०८३

झलनाथले दोहोर्‍याएर भने- यथास्थितिमा नो एमसीसी

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी पास हुन नहुने बताएका छन्।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं– नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी पास हुन नहुने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिँदै खनालले सत्ता गठबन्धनमा जेजस्तो सहमति भए पनि यथास्थितिमा एमसीसी अनुमोदन हुन नहुने बताए। 

अहिले देशभक्त नागरिक सडकमा रहेको दाबी गर्दै खनालले सार्वभौमसत्तामाथि घात हुने हो कि भन्ने चिन्ता व्यक्त गरे। खनालले एसमीसीसम्बन्धी सबै सम्झौता सदनमा पेस गरेर अध्ययनपछि मात्रै निर्णयमा पुग्नुपर्ने माग गरे।

उनले भने, ‘सर्त राखेर र नेपालको स्वाभिमान तल पारेर दिइने एक पैसा पनि चाहिँदैन। सम्झौतापछि पनि कार्यान्वनका नाममा १२, १३ वटा सम्झौता भइसकेका छन्। ती दस्तावेज यो संसद्मा पेस नभएसम्म कसरी यस विषयमा छलफल हुन सक्छरु हामीले ती सबै सम्झौता अध्ययन र छलफल गर्न पाउनुपर्छ। अनिमात्रै यो सभाले निर्णय गर्नुपर्छ।’

खनालले सबै सम्झौता र पत्राचार संसद्मा अबिलम्ब बाँड्न माग गरे। 

झलनाथले थपे, ‘यथास्थितिमा नेकपा ९एस०ले एमसीसी पास गर्न सक्दैन भनेर भन्दै आएका छौं। व्याख्यात्मक टिप्पणी राखेर पास गर्ने कुरा आइरहेको छ। तर, ती कुराको ग्यारेन्टी के छरु एमसीसीले यसअघि पनि प्रश्नोत्तर गरेको छ। तर, हामीले त्यसलाई स्वीकार गरेका छौं। एकतर्फी घोषणा गर्न हुँदैन। यो सम्झौतालाई सुधार गर्ने घोषणा सम्झौताको अंग बन्छ कि बन्दैनरु अमेरिका यो सुधारका लागि तयार छरु तयार छ भन्ने ग्यारेन्टी यो सदनले चाहन्छ। त्यो ग्यारेन्टी भयो भने हामीले सोच्न सक्छौं। अमेरिकाले दिने सहयोग अस्वीकार गर्नुपर्छ भनेर कसैले भनेको छैन।’

अमेरिकाले हङकङ कानुन बनाइरहेको, तिब्बच कानुन बनाइरहेको र ताइनवान कानुन बनाइरहेको तर्क गर्दै खनालले हामीले पनि अमेरिकाले बनाएको कानुन मान्नुपर्ने हो भनेर प्रश्न गरे। खनालले भने, ‘चाइना राइज गरेकोमा अमेरिकाले आपत्ति जनाइरहेको छ। यसरी अमेरिकाले बनाएको कानुन मान्ने हो भने छिमेकी देशसँगको सम्बन्ध कस्तो होला? चीनसँग हाम्रो सम्बन्ध कस्तो होला?’

प्रकाशित: Feb 27, 2022| 15:52 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...