मंगलबार, भदौ २, २०८३

झलनाथको दाबी– एमसीसीबारे मेरो पालामा केही भएको छैन

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफ्नो सरकारको पालामा एमसीसीबारे कुनै काम नभएको दाबी गरेका छन्।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं– नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफ्नो सरकारको पालामा एमसीसीबारे कुनै काम नभएको दाबी गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसीमाथि सुरु भएको छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्री खनालले भने, ‘एमसीसी सम्झौता झलनाथ खनालको पालामा सुरु भएको हो भनेर मान्छेहरु भनिरहेका छन्। मेरो पालामा केही पनि भएको छैन। जस्तो खालको सम्झौता गरिएको छ, त्यो सर्तैसर्तले बेरिएको छ।’

अहिले देशभक्त नागरिक सडकमा रहेको दाबी गर्दै खनालले सार्वभौमसत्तामाथि घात हुने हो कि भन्ने चिन्ता व्यक्त गरे। खनालले एसमीसीसम्बन्धी सबै सम्झौता सदनमा पेस गरेर अध्ययनपछि मात्रै निर्णयमा पुग्नुपर्ने माग गरे।

उनले भने, ‘सर्त राखेर र नेपालको स्वाभिमान तल पारेर दिइने एक पैसा पनि चाहिँदैन। सम्झौतापछि पनि कार्यान्वनका नाममा १२, १३ वटा सम्झौता भइसकेका छन्। ती दस्तावेज यो संसद्मा पेस नभएसम्म कसरी यस विषयमा छलफल हुन सक्छ? हामीले ती सबै सम्झौता अध्ययन र छलफल गर्न पाउनुपर्छ। अनिमात्रै यो सभाले निर्णय गर्नुपर्छ।’

खनालले सबै सम्झौता र पत्राचार संसद्मा अबिलम्ब बाँड्न माग गरे। 

झलनाथले थपे, ‘यथास्थितिमा नेकपा (एस)ले एमसीसी पास गर्न सक्दैन भनेर भन्दै आएका छौं। व्याख्यात्मक टिप्पणी राखेर पास गर्ने कुरा आइरहेको छ। तर, ती कुराको ग्यारेन्टी के छ? एमसीसीले यसअघि पनि प्रश्नोत्तर गरेको छ। तर, हामीले त्यसलाई स्वीकार गरेका छौं। एकतर्फी घोषणा गर्न हुँदैन। यो सम्झौतालाई सुधार गर्ने घोषणा सम्झौताको अंग बन्छ कि बन्दैन? अमेरिका यो सुधारका लागि तयार छ? तयार छ भन्ने ग्यारेन्टी यो सदनले चाहन्छ। त्यो ग्यारेन्टी भयो भने हामीले सोच्न सक्छौं। अमेरिकाले दिने सहयोग अस्वीकार गर्नुपर्छ भनेर कसैले भनेको छैन।’

प्रकाशित: Feb 27, 2022| 15:45 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...