बुधबार, असार १०, २०८३

विद्यालयमा खानेपानी समस्या

विद्यालयसम्म खानेपानीसमेत पुगेको छैन। यस्तै दुर्दशा भोग्दै ५१औँ वर्ष पार गरेको एउटा विद्यालय हो, दाङको शान्तिनगर गाउँपालिका–३ केराघारीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

दाङ- पाँच मिनेटको दूरीमा पानी बगिरहेको हुन्छ, तर नजिकै रहेको विद्यालय काकाकूल छ। शौचालय जानेसमेत पानी पाइँदैन। विद्यालयसम्म खानेपानीसमेत पुगेको छैन। यस्तै दुर्दशा भोग्दै ५१औँ वर्ष पार गरेको एउटा विद्यालय हो, दाङको शान्तिनगर गाउँपालिका–३ केराघारीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय। 

National life

सो विद्यालय विसं २०१७ मा स्थापाना भएको थियो। तत्कालीन जनयुद्धका समयमा तत्कालीन नेकपा (माओवादी) का वरिष्ठ नेता मोहन वैद्यलेसमेत सो विद्यालयमा अध्यापन गराएका थिए। तर त्यहाँ अहिलेसम्म खानेपानीको सुविधा पुग्न सकेको छैन। नजिकै खोला बगिरहेको छ, तर त्यो पानी शौच गर्नका लागिसमेत विद्यालयसम्म पुर्‍याउन सकिएको अवस्था छैन।

विद्यालय परिसरमा एउटा गैरसरकारी सस्थाले धारा जडान गरेको छ, तर यसमा पानी आउदैन। धारामा कमिला हिँडिरहेका हुन्छन्। शौचालयमा पानी हुँदैन। शौच गर्न खोलाबाट पानी बोक्नु पर्छ। खोलाबाट पानी ल्याउनकै लागि विद्यालयले केही गाग्रीहरूसमेत किनेको छ। यही खोलाबाट विद्यार्थीले पानी बोकेर प्रयोग गर्ने गर्छन्। विडम्बना त के छ भने विद्यार्थीले त्यही खोलाको पानी प्रयोग गर्छन्।

गाउँका मान्छेले पनि खोलामा बगिरहेको त्यही पानी प्रयोग गर्ने गरेका छन्। धेरै माथिको मुहानबाट बगेर आएको पानी नै विद्यार्थीले पिउनुपर्ने बाध्यता छ। ‘हामीले बिभिन्न ठाउँमा पानीको उचित व्यवस्थापनका लागि भनेर पहल गर्‍यौँ’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर विकले भने, ‘तर अहिलेसम्म कुनै पनि निकायबाट सहयोग भएको छैन।’ 

विद्यार्थी खोलाको दूषित पानी पिउन बाध्य रहेको जनाउँदै यसमा समयमै ध्यान दिनुपर्ने विद्यालयका प्रधानाध्यापक मीनबहादुर केसीले बताए। दूषित पानी खाँदा विद्यार्थीलाई असर गर्न सक्ने जनाउँदै यसमा सचेत हुनुपर्ने उनको भनाइ थियो। विद्यालयमा खानेपानीको समस्या देखिएपछि राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले अवलोकन गरेका छन्। उनले सो अवसरमा प्रदेशको प्रतिस्थापन बजेटबाट रु आठ लाख बजेटबाट भवन निर्माणको काम सुरु भएको र खानेपानीको समस्या समाधान समेत गर्ने प्रतिबद्धता जनाए।

Shivam cement

विद्यालयमा पर्खालको पनि उत्तिकै समस्या छ। विद्यालय खुला छ। यसले गर्दा पटक–पटक विद्यालयको झ्यालढोका तोडफोड हुने गरेको प्रअ केसीको भनाइ छ। शिशुदेखि कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा हाल ८३ विद्यार्थी अध्ययनरत छन् भने छ शिक्षक कार्यरत छन्। दुई स्थायी, एक राहत, एक बाल विकासमा कार्यरत र अन्य दुई  विद्यालयले व्यहोर्ने गरी शिक्षक र कर्मचारी राखिएको छ।   रासस

प्रकाशित: Feb 27, 2022| 12:50 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।