शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलात्कार आरोपित पल शाहद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

बलात्कार आरोपित पल शाहद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

अभिनेता पल शाहले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। उनले आइतबार आफै प्रहरीमा आत्मसमर्पण गरेका हुन्।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं- कलाकार पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। उनले आइतबार आफै प्रहरीमा आत्मसमर्पण गरेका हुन्।

नावालिग एक किशोरी गायिकालाई ललाइ- फकाइ करणी गरेको उजुरी परेपछि  फरार रहेका शाहले आज आफैं प्रहरीसमक्ष उपस्थित हुने जनाएका थिए। त्यसको केही समयमै उनले प्रहरीसामु आत्मसमर्पण गरेका हुन्।

एक नाबालिग गायिकाका बुबाले पलमाथि बलात्कारको उजुरी दर्ता गराएका छन्। उनले जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका हुन्।

उनले आज बिहान मात्रै फेसबुकमा लेखेका छन्, ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घरव्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनी म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु। नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरी सामु म आफैं उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु।’

पलले आत्म समर्पण गरेपछि प्रहरीले उजुरीका आधारमा उनको बयान लिने र अनुसन्धान प्रक्रिया अगाडि बढाउने बताएको छ।

प्रकाशित: Feb 27, 2022| 12:30 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।